सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ ।
किस्पाङ गाउँपालिका–५ सुकुटेखोलास्थित गोठमा बालिकालाई वैशाख ३ गते बलात्कार गरेको आरोपमा सोही वडाका १९ वर्षीय निर्मल तामाङ, २० वर्षीय अमृत तामाङ र १७ वर्षीय तीन जना बालकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आरोपितमध्ये निर्मल र तीन जना बालकलाई वैशाख ४ गते र अमृतलाई वैशाख ५ गते गिरफ्तार गरिएको डिएसपी खड्काले बताउनु भयो ।
आरोपितमध्ये निर्मलले सुकुटेपुलमा बालिकालाई भेट्न बोलाएको र उसका अन्य चार जना साथीसहित पाँच जनाले सामुहिक बलात्कार गरेको डिएसपी खड्काले उल्लेख गर्नुभयो ।
पीडितले बालिकाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ४ गते उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन त्रिशूली अस्पतालमा भयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…