सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया दुई जना युवतीलाई फागुन २ गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१९ जेगाँउका २३ वर्षीय रामचरण चौधरी र २२ वर्षीय अक्षयक चौधरीलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
सोही घटनाका आरोपित धनगढी उपमहानगरपालिका—१९ का २३ वर्षीय पारस रोकाया र सोही ठाउँका २३ वर्षीय अञ्जन चौधरी फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेम खड्काले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले आरोपित विरुद्ध फागुन १४ गते कैलारी गाउँपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
युवतीहरुलाई आरोपितहरुले फोन सम्पर्क गरेर भेट्न बोलाई बलात्कार गरेको भन्दै पीडितहरुले न्यायका लागि कैलारी गाँउपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि पीडितहरुको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराउन सहयोग गरिएको कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितहरुको स्वास्थ्य परीक्षण फागुन १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको गाँउपालिकाकी उपाध्यक्ष चौधरीले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…