बलात्कार गरेको कसुरमा कैद फैसला
३७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ फागुन ३० गते गरेको अन्तिम फैसलामा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश पाख्रिन र लिखु गाउँपालिका–२ का सानुकान्छा तामाङलाई जनही ६ वर्ष कैद सजाय, ४५ हजार रुपैयाँ जरिबाना र पीडित राहत कोषमा नौ सय रुपैयाँ दाखिला गर्ने फैसला भएको जिल्ला अदालतमा इजलास अधिकृत तथा सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।
सूचना अधिकारी लामिछानेका अनुसार सोही घटनामा संलग्न शिवपुरी गाउँपालिका–५ का २९ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका–२ का २६ वर्षीय भूपेश घलेलाई जनही पाँच वर्ष कैद सजाय, ४० हजार रुपैयाँ जरिबाना र एक हजार रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला भएको छ ।
कसुरदारहरूले ०७६ चैत २ गते पीडित महिलाको घरमा प्रवेश गरी बलात्कार गरी धनमालसमेत लुटेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३ गते त्रिशूली अस्पतालमा भएको थियो ।
प्रहरीले उमेश र सानुकान्छालाई चैत ७ गते काठमाडौँबाट गिरफ्तार गर्यो र जिल्ला अदालतले ०७७ वैशाख ४ गते पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सोही घटनामा संलग्न भई फरार रहेका भूपेश र रमेशलाई ०७७ साउन २४ गते काठमाडौँबाट गिरफ्तार गर्यो र अदालतले साउन २५ गते पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…