सामुदायिक सेवा केन्द्रको पदेन सदस्य र सल्लाहकारमा इन्सेक

  ०८० जेठ १४ गते

सामुदायिक सेवा केन्द्र सप्तरीको जेठ १३ गते सम्पन्न प्रथम पूर्ण वैठकले इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष धिरेन्द्रकुमार दासको अध्यक्षतामा बसेको वैठकले पहिलो पटक इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गर्नुका साथै इन्सेकबाट दुई जनालाई सल्लाहकारमा चयन गरेको छ ।

कार्य समितिलाई पूर्णता दिदै गठन गरिएको ५ सदस्यीय सल्लाहकार समितिमा इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेललाई चयन गरिएको सचिव संजय शर्माले जानकारी दिनुभयो । अन्य सल्लाहकारमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, लायन्स क्लबका डिस्ट्रिक गर्भनर शंकर शारदा र तीन कार्यकाल केन्द्रको नेतृत्व गर्नुभएका निवर्तमान अध्यक्ष हितनारायण लाल दास रहनु भएको छ ।

इन्सेकसहित पदेन सदस्यमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बरख गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ६ नम्बर गण, गैसस महासंघ, राजबिराज जेसीज, महिला मानवअधिकार रक्षक सञ्जाल र राष्ट्रिय उपभोक्ता मञ्च सर्वसम्मतीले चयन भएको सचिव शर्माले बताउनु भयो ।

केन्द्रको वैशाख २३ गते सम्पन्न पाँचौ साधारण सभा पश्चात जेठ ६ गते सम्पन्न कार्यसमितिको निर्वाचनपछि जेठ १२ गते पदास्थापन भएको थियो ।


मनोहरकुमार पोखरेल