सामुदायिक अस्पातलमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
मुगुम कार्मारोङ गाउँपालिकामा रहेको सामुदायिक अस्पातल रिउसमा एक महिनादेखि औषधि अभाव हुँदा सो क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।
माघ महिनाको अन्तिम साताबाट औषधि तथा सिरिञ्ज अभाव हुँदा सामन्य बिरामीले पनि सामुदायिक अस्पतालबाट एक घण्टा टाढाको पैदल यात्रा गरी निजी मेडिकलमा औषधि लिन जानु पर्ने बाध्यताका भएका कारण सेवाग्राही मर्कामा परेका हुन् ।
यो सामुदायिक अस्पतालका लागि आवश्यक पर्ने औषधि र सिरिञ्ज किन्नका लागि गाउँपालिकाले ३ लाख रुपियाँ विनियोजन गरेको थियो ।
उक्त रकमले साउनमा किनेको औषधि र सिरिञ्ज माघ महिनको अन्तिमसम्म पुगेको र त्यसयता सोेको अभाव भएको अस्पतालले जनाएको छ ।
गाउँपालिकालाई आवश्यक औषधि खरिदका लागि फागुन पहिलो साता सूची पठाइसकेको भएपनि अहिलेसम्म औषधि नआउँदा अस्तालमा आउने बिरामीहरू मर्कामा परेको सामुदायिक अस्पातलका प्रमुख डाक्टर भविन्द्र कार्कीले बताउनु भयो ।
‘अस्पातल नजिक मेडिकल हल छैन । सिरिञ्ज र अस्पातलामा नभएको औषधि किन्न पुलु बगर पुग्नु पर्छ । बुबालाई स्वासप्रश्वासमा समस्या भएपछि अस्पातलमा भर्ना गरेको पाँच दिन भयो । बेलाबेला औषधि किन्न आउनजान एक घण्टा टाढा पुलु पुग्नु पर्छ । निकै दुःख पाइएको छ ।’–मुगुम कार्मारोङ गाउँपालिका–६ का ४५ वर्षीय आङडाग लामाले बताउनु भयो ।
फागुन २६ गते ज्वरो आएपछि पाँच वर्षीय छोरालाई उपचार गर्न अस्पातल आएकी सोही गाउँपालिका–८ की टोमा लामाले डाक्टरलाई देखाउँदा निमोनिया भएको बताउनु भयो ।
‘छोरालाई खुवाउने औषधि अभाव भएको भनी मेडिकलमा औषधि किनेर खुवाउन सल्लाह दिए । आउनजान एक घण्टा लगाएर औषधि किन्नु पर्यो । यस्तो कतिञ्जेल सहने ?’–लामाले भन्नु भयो ।
सामुदायिक अस्पातलले औषधि र सिरिञ्ज अभाव भएको भनी माग फारम पठाइएको छ । ‘उक्त औषधिहरू खरिदका लागि केही दिनमा रकम व्यवस्था गरी खरिद प्रक्रिया अगाडि बढाएर एक साता भित्रै औषधि पुर्याउँछौँ ।’–मुगुमा कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखा निरीक्षक बलि बुढाले भन्नु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण…