सामाजिक सेवा इकाइमार्फत २ हजार बढीलाई निशुल्क स्वास्थ्य सेवा
नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । सोही अनुरूपमा जिल्ला अस्पताल, सङ्खुवासभाले सामाजिक सेवा इकाइमार्फत २ हजार बढीलाई निशुल्क स्वास्थ्य सेवा र उपचार सेवा प्रवाह गरेको छ ।
सामाजिक सेवा इकाइमार्फत जिल्लाका विभिन्न लक्षित समूहका बिरामीले स्वास्थ्य उपचारको लाभ लिएका छन् । सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिने प्रावधान भएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो । स्वास्थ्य बीमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाइले ठूलो राहत दिएको सूचना अधिकारी खत्रीले बताउनु भयो ।
सामाजिक सेवा इकाइमार्फत आर्थिक वर्ष ०८०-९८१ मा २ हजार ६ सय ३० जनाले सेवा लिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो । सामाजिक सेवा इकाइमार्फत १ हजार ७ सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिव ६ सय २२ जना, लैङ्गिक हिंसा पीडित ७८ जना, थुनुवाकैदी ४४ जना, अपाङ्गता भएका ५१ जना, असाहय २४ जना,अन्य ३१ जना गरी २ हजार ६ सय ३० जनाले उपचार सेवा लिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।
सामाजिक सेवा इकाइमार्फत प्रदान गरिएको उपचार सेवामा सङ्खुवासभा अस्पतालको २८ लाख १२ हजार ९ सय ३७ रुपियाँ खर्च भएको अस्पताल प्रशानसले जनाएको छ । जिल्ला अस्पतालमा लक्षित समूहको स्वास्थ्यमा सुधार गराइ गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन लक्ष्यसहित २०७८ मा सामाजिक सेवा इकाइ स्थापना गरिएको हो ।
अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गर्दै आएको छ । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापीलगायतका सेवा सञ्चालनमा छ । जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा ६३ हजार ६ सय जनाले सेवा लिएका छन् । जिल्ला अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट गएको आर्थिक वर्षमा १८ हजार ८६ जनाले सेवा लिएका छन् ।
भविन कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…