सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुँदा लक्षित वर्ग मर्कामा
समयमा निकासा नहुँदा जिल्लामा सामाजिक सुरक्षाकोष भत्ता वितरणमा ढिलाई भएपछि सेवाग्राही मर्कामा परेका छन् । घटस्थापना आउनु १५ दिनु अगावै वितरण गरिसक्नु पर्ने भएपनि जिल्ला विकास समितिले समयमा बजेट निकासा नगरेपछि वितरणमा ढिलाई हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, दलितलगायत लक्षित वर्गले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता समयमै वितरण नभएपछि सेवाग्राहीलाई समस्या भएको छ । घटस्थापनाको चार दिन बितिसक्दा पनि भत्ता आउने सुरसार नभएपछि दसैँ तिहार मनाउन समस्या हुने सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् ।
जिल्लाका ५४ ओटा गाविस, दुई ओटा नगरपालिकाका कसैले पनि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । साउनदेखि कार्तिकसम्मको पहिलो चौमासिक अहिलेसम्म पनि वितरण गर्न नसक्दा गाविस सचिवहरूलाई सेवाग्राहीले र्याख्र्याख्ती पार्ने गरेको रानीवास गाविसका सचिव सुरेशकुमार ढुङ्गेलले बताए । जिल्ला विकास समितिले चार्डपर्वलाई ध्यान दिएर चाँडै निकासा गर्नुपर्नेमा यसवर्षढिलाइ गरेकाले समस्या भएको उनले बताए ।
जिल्ला विकास समितिले भने अर्थ मन्त्रालयबाट गाविसका लागि प्रशासनिक खर्चसहित सामाजिक सुरक्षा कोषको पहिलो चौमासिक रकम पठाउन ढिला गरेकोले निकासमा ढिला भएको जनाएको छ । जिल्ला विकास समितिका लेखा अधिकृत सन्तोष श्रेष्ठका अनुसार भर्खरै सामाजिक सुरक्षा भत्ताको रकम भर्खरै निकासा गरिएको र चाँडै वितरण हुने बताए । अहिलेसम्म पनि भत्ता नपाएपछि ज्येष्ठ नागरिकहरूलाई दशैँ मनाउन तयारी गर्न समस्या भएको ज्येष्ठ नागरिक समाज भोजपुरका अध्यक्ष श्यामकुमार खड्काले बताए । राज्यले दिएको सुविधालाई समयमा प्रयोग गर्न पाएमात्रै ज्येष्ठ नागरिकहरूलाई सहुलियत हुने भएकाले बेलैमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने खड्काको प्रतिक्रिया छ ।
किरण राई
सम्बन्धित समाचारहरू
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…