सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता
जुगल गाउँपालिका– ३ मा रहेको तेम्बाथान, दिपु, तेगा र साङतुङ गाउँका ज्येष्ठ नागरिकहरु गाउँमा सडक यातायातको अभावले सामाजिक सुरक्षा भत्ता लिन दुई दिन पैदल हिँडेर वडा कार्यालय पुग्नुपर्ने बाध्यता रहेको छ ।
यस गाउँका ज्येष्ठ नागरिकहरु सामाजिक भत्ता बुझ्नकै लागि दुई दिन पैदल हिँडेर पाँङ्गार्पु पुग्नुपर्दछ । त्रैमासिक रुपमा सरकारले दिँदै आएको भत्ता लिन बिहान पाँच बजे घरबाट हिँड्दा बेलुकी मात्र वडा कार्यालय पुगिन्छ र बास त्यहीँ बस्नुपर्ने जेष्ठ नागरिक दावादोर्जे शेर्पाले बताउनु भयो ।
१ सय १० घर धुरी रहेको यहाँको बस्तीका ज्येष्ठ नागरिक, अशक्तलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती छ । यस अघि सम्बन्धित वडा कार्यालयबाट घरमै ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएकोमा सरकारले बैकिङ्ग प्रणालीबाट दिन सुरु गरेपछि दुर्गम गाउँका नागरिकहरुलाई ठूलै सास्ती परेको तेम्बाथानका ज्येष्ठ नागरिक आशापाल लामाले बताउनुभयो ।
जिल्लाको उत्तरी भेगमा पर्ने जुगल हिमालको फेदीमा रहेको गाउँमा पुग्न मोटर पुग्ने बिन्दु बोल्देबाट एक दिनको उकालो बाटो हिँड्नु पर्छ । सडकले गाउँ नजोडिएका कारण तेम्बाथान, दिपु, तेगा, साङतुङ बस्तीका मानिस भत्ता लिन दिनभरीको बाटो हिँडेर वडा कार्यालयमा पुग्छन् । फर्कदा फेरी दिनभरीको बाटो हिँडेर घर पुग्द्छन् ।
तेम्बाथान, दिपु, तेगा र साङतुङ गाउँका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन समस्या भएपछि आफूले ढाडे बजारमा रहेको बैङ्कका कर्मचारीलाई तीन महिनाको दुई दिन वडा कार्यालयमा ल्याएर भत्ता वितरण सुरु गरेको जुगल गाउँपालिका– ३ का वडाअध्यक्ष लक्ष्मण दोङले बताउनु भयो ।
नातिबाबु धिताल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…