सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको ज्येष्ठ नागरिकहरुको गुनासो
सामाजिक सुरक्षा भत्ता विवरण कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने नाममा जिल्लास्थित राष्ट्रिय बाणिज्य बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएपछि आफूहरुले सास्ती खेप्नु परेको ज्येष्ठ नागरिक र एकल महिलाले गुनासो गर्नु भएको छ ।
गाउँ घरमा वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता रकम अहिले आएर बैङ्क मार्फत वितरण गर्न थालेपछि आफूहरुले सास्ती खेप्नु परेको दिपायल सिलगडी नगरपालिका–४ की ज्येष्ठ नागरिक हिरा नेपालीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– कोभिड सङ्क्रमणको समयमा पनि भिडभाड गरी लाइनमा बस्दा समेत दुई दिनसम्म पनि भत्ता बुझ्न सकिन् । पहिला वडामा वितरण गर्दा सजिलै र सहज रुपमा पाउने गरेका थिएउ । अहिले बैङ्कैबाट लिनु पर्ने बाध्यता बनाइयो । दिन भरी लाइनमा बस्दा पनि भत्ता नपाएर फर्किनु पर्ने बाध्यता आएको छ ।
नगरपालिका भित्रका सम्पूर्ण ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाहरुको सामाजिक सुरक्षा भत्ता बुझ्ने समय र दिन एउटै भएकोले पनि आफूहरुले थप सास्ती र दुःख झेल्नु परेको दिपायल सिलगडी नगरपालिका–६ का ज्येष्ठ नागरिक राजेन्द्र श्रेष्ठले गुनासो गर्नु भयो ।
उहाँले सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रत्येक वडा कार्यालय वा घरघरमा दिने व्यवस्था मिलाउनु पर्ने र बैङ्कबाट वितरण गर्ने भए पनि टोल अनुसारको समय र दिन तोकेर वितरण कार्य गर्दा सहज हुने बताउनु भयो ।
सामाजिक सुरक्षा भत्ता वितरणको दिन सबै सेवाग्राही एकै चोटी आउदा कोलाहल र भिडभाड बढी हुने गरेको कारण सहज रुपमा भत्ता वितरण हुन नसक्दा सेवाग्राहीहरुले समस्या झेल्नु परेको राष्ट्रिय बाणिज्य बैङ्क, दिपायलका निमित्त कार्यालय प्रमुख सन्तोष पाण्डेयले बताउनु भयो ।
भत्ता वितरण कार्यलाई सहज बनाउन स्थानीय जनप्रतिनिधिहरु भत्ता वितराण हुने दिनमा बैङकमा उपस्थित भएर सहजीकरण गरिएको खण्डमा सहज रुपमा वितरण गर्न सकिने निमित्त कार्यालय प्रमुख पाण्डेयको भनाइ रहेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्य असहज भएको भन्ने गुनासो आएपछि यस समस्यालाई समाधान गर्नका लागि छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष कर्णबहादुर बिष्टले बताउनु भयो ।
उहाँले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सहज बनाउन बैङ्कसँग परार्मश गरी निश्चित महिनाको गते तोकेर प्रत्येक वडाका जनप्रतिनिधिहरुको सहयोग र रोहबरमा भत्ता वितरण गर्न पहल गरिने बताउनु भयो ।
समाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को प्रस्तावनामा नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा व्यवस्थित, प्रभावकारी र पारदर्शी ढङ्गले वितरण गर्ने उल्लेख गरिएको भएपनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन् ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…