सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
दार्चुलामा यसवर्षपहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका छन् ।
स्थानीय विकास अधिकारी सहदेव रायमाझी रकम निकासा नगरी जिल्ला छोडेपछि सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका हुन् ।
मन्त्रालयले दसैँमा समेत जिल्ला नछोड्न गरेको निर्देशनको अवज्ञा गर्दै स्थानीय विकास अधिकारी रायमाझी असोज १३ गते नै जिल्ला छाडेर गएपछि यहाँका १२ हजार ८ सय ६० जना लक्षित समुदायका नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् ।
जिल्ला विकास समिति दार्चुलाका सूचना अधिकारी युवराज जोशीका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदाय अन्तर्गत ज्येष्ठ नागरिक दलित १ हजार २ सय ६१ जना, ज्येष्ठ नागरिक औषधि उपचार खर्च पाउनेसहित ५ हजार ७९ जना, एकल महिला १ सय २० जना, विधुवा महिला ३ हजार २ सय ५१ जना, पूर्ण अपाङ्ग २ सय २९ जना, आंशिक अपाङ्ग २ सय ५४ जना, लोपोन्मुख राउटे १८ जना र दलित बालबालिका २ हजार ६ सय ४८ जना रहेका छन् ।
'यस वर्षबढेको सामाजिक सुरक्षा भत्ताबाट एकजोर लत्ताकपडा र खाद्यान्न जोहो गर्ने सोचेका थियौं ।'-सितोला-१ का ज्येष्ठ नागरिक थोले टमटाले भने-'गाविस सचिवले सामाजिक सुरक्षा भत्ता नआएको जानकारी गराएपछि निराश भएका छौ ।' यस वर्षदसैँ तिहार कसरी मनाउने भन्ने चिन्ता बढेको समेत टमटाले दुखेसो पोखे । 'यस वर्षदसैँ खल्लो भयो ।'-उनले भने ।
दसैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भएपनि जिल्ला विकास समितिको लापारबाहीको कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । जिल्ला विकास समितिबाटै निकासा नगरिदिँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको लाली गाविस सचिव नारायणदत्त भट्टले बताए । रकम निकासा नगरिकनै जिल्ला विकास समितिका लेखा कर्मचारी र स्थानीय विकास अधिकारी घर बिदामा गइसकेको समेत सचिवले जानकारी गराए ।
जिल्ला विकास समिति दार्चुलाका लेखापाल टिकेन्द्र जोशीले भने सामाजिक सुरक्षा भत्ता वापतको वितरण गर्नुपर्ने रकमको अख्तियारी ढिलो आएको कारण निकासा पठाउन नसकिएको बताए । 'केही दिन अघि निकासा आएको छ ।'-उनले भने-'निकासा गर्नमा ढिलाई भएकै हो ।'
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…