सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै पहलका लागि इन्सेक प्रतिनिधिलाई आग्रह
सिम्रोनगढ नगरपालिकाको कार्यालयमा प्रक्रिया पुरा नगरी नियुक्ति भएका कर्मचारीहरुको ०७९ कात्तिक १ गतेदेखि म्यद नथप्ने ०७९ असोज २८ गते निर्णयपछि म्याद थप नभएका कर्मचारीहरुले असोज ३१ गतेदेखि नगरपालिकामा ताला लगाएपछि सामाजिक सुरक्षा भत्ता र अन्य सिफारीश लगायतका सबै सेवा बन्द रहेकाले सेवाग्राहीहरुले इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई कात्तिक १७ र २० गते भेटी पहल गरिदिन निवेदन मार्फत आग्रह गरेका छन् ।
नगरपालिकाको कार्यालयमा ताला लागेकाले पेट्रोल पम्प राख्न सिफारीश र प्रक्रिया रोकिएको सिम्रोनगढ नगरपालिका–९ बसवरीया टोलका ३४ वर्षीय रमेश कुमार साहले निवेदन मार्फत पहलका लागि आग्रह गर्नु भएको छ ।
वैदेशिक रोजगारमा जान भिसा आइसकेपनि वैदेशिक रोजगरामा जाने प्रक्रिया रोकिएकाले पहल गरिदिन सिम्रोनगढ नगरपालिका–६ बजार टोलका ३५ वर्षीय अब्लेस मियाँचुरीहारले कात्तिक १७ गते इन्सेक प्रतिनिधि पौडेललाई नगरपालिकाको कार्यालयको मुल गेटमा भेटेर निवेदन दिनु भएको छ ।
सोहि नगरपालिका वडा नं ७ का ७९ वर्षीय जोखु मियाँले नगरपालिकाको कार्यालय बन्द भएकाले छोरा वैदेशिक रोजगारमा जान रोकिएकाले ताला खुलाउन पहल गरिदिन आग्रह गर्नु भएको छ ।
नगरपालिकाबाट सेवा लिनबाट बञ्चित नागरिकहरुले कात्तिक १७ गते आग्रह गरेपछि नगर प्रमुख किशोरी प्रसाद कलवार र नगरपालिकामा भएका सबै राजनीतिक दलका नेताहरुको सर्वदलीय बैठक बसी ताला खोल्ने र नागरिकका सेवा सुचारु गर्ने मौखिक सहमति भएको छ ।
जनप्रतिनिधिसँग नागरिकले गरेको आशा र भरोसालाइ कायम राख्न र तालाबन्दी गर्ने पक्षसँग वार्ता गर्न र सेवा संचालन गर्न इन्सेक प्रतिनिधिले आग्रह गर्नु भएको छ । तर, आजको मितिसम्म नगरपालिकामा लगाइएको ताला खुलेको छैन ।
गत आर्थिक वर्षमा २ सय ५० जना बालबालिकाको बाल पोषण भत्ता निकाशा नभएकाले नगरपालिकाको कार्यालय सामाजिक सुरक्षा भत्ता वितरण गर्न समस्यामा परेको पंजिकरण शाखाका प्रमुख रजनिकान्त यादवले बताउनु भयो ।
उहाँसँग भत्ता रोक्ने अधिकार छैन, कसरी छिटो गर्न सकिन्छ भनि इन्सेक प्रतिनिधिले राखेको जिज्ञासामा कात्तिक महिना भित्र सबै लाभग्राहीको गत आर्थिक वर्ष र चालुआर्थिक वर्षको प्रथम तीन महिनाको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाउने प्रतिबद्धता गर्नु भएको छ । उहाँले बैंकबाट सबै लाभग्राहीको हातमा पुग्न एक महिना लाग्ने प्रतिवद्धता गर्नु भएको छ ।
सिम्रोनगढ नगरपालिका–६ का जेष्ठ नागरिक, बालबालिका एकल महिलाहरुले दिपावली र छठ पर्व खल्लो भएको कपडा र औषधी खानका लागि साहुसँग व्याजमा पैसा लिनु परेकाले नगरपालिकाको ताला खोलाई सामाजिक सुरक्षा भत्ता पाउने वातावरण मिलाइदिनका लागि कात्तिक २० गते सिम्रोनगढ नगरपालिका–माछा बजारमा भेटेर इन्सेक प्रतिनिधिलाई निवेदन दिनु भएको छ ।
सोवाग्राहीहरुको निवेदन आएपछि प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार न्यौपानेसँग समन्वय गर्दा उहाँले आन्दोलनरत पक्षसँग सहकार्य गरी सामाजित सुरक्षा भत्ता ०७९ मङ्सिर १ गतेदेखि बितरण गर्ने र कार्यालयमा लागेको ताला खोलेर कार्यालय संचालन गर्ने प्रतिबद्धता व्याक्त गर्नु भएको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवारले नागरिकलाई सेवा दिने कार्य संचालन गर्न पहल गरिरहेको भएपनि आफु सफल नभएको बताउनु भयो । उहाँले नागरिकको साथ लिएर कार्यालयमा लागेको ताला खोल्ने प्रतिबद्धता जनाउनु भएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…