सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै प्रदर्शनकारीद्वारा तोडफोड
सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ गरेको भन्दै प्रदर्शनकारीहरूले कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको कोठाको टेवल र सिसा भदौ ६ गते तोडफोड गरेका छन् ।
कञ्चनरूप नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिक बापतको सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै आक्रोशित प्रदर्शनकारीहरूले तोडफोड गर्दै दुई घण्टा कार्यालय घेराउ गरेका हुन् ।
नगरपालिकाले एक महिना अगाडि नै अन्य वडाको भत्ता बापतको रकम बैङ्क खातामा जम्मा गरी सेवाग्राहीहरूले प्राप्त गरेको तर वडा नम्बर ११ का सेवाग्राहीले नपाएको ९० वर्षीय दशन रामले आरोप लगाउनु भयो ।
वडा नम्बर ११ मा अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिक तथा बालबालिका गरी १ हजार १ सय जनाले अन्तिम चौमासिक सुरक्षा भत्ता नपाएको वडा अध्यक्ष ललीत गोजेवारले जानकारी दिनु भयो ।
कार्यालय प्रमुखले १५ दिनदेखि ढाँट्ने, छल्ने काम गर्दै आएको र सबैको खातामा साउन ५ गते सुरक्षा भत्ता बापतको रकम जम्मा हुने आश्वासन पुरा नगरेको भन्दै सेवाग्राही आक्रोशित भएका हुन् ।
आश्वासनमा परेर आफ्नो खाता भएको एभरेष्ट बैङ्क कञ्चनरूपमा दैनिक बुझ्न जाने गरेको र निराश भएर फर्किनुपरेको अपाङ्गता भएका कुलानन्द चौधरी र बासो सरदारले बताउनु भयो ।
अन्य वडाको सम्बन्धित बैङ्कको खातामा जम्मा भएको तर नगरपालिकामा आर्थिक रकम अभाव भएकाले वडा नम्बर ११ का सेवाग्राहीलाई सञ्चित कोषबाट सुरक्षा भत्ता खुवाउने योजना बनाइएको कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष गोजेवारले नै उक्साई दलबलसहित आएर तोडफोड गरेको भन्दै कञ्चनरूप नगरपालिका कर्मचारीहरू समेत आन्दोलित भएका छन् । कर्मचारीहरूको भेलाले लिखित रूपमै आन्दोलनको घोषणा गरेका छन् ।
कर्मचारीहरूले भदौ ७ गते नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने, सम्पूर्ण कर्मचारीहरूले कालोपट्टी बाँधेर कामकाज गर्ने, एक घण्टा कलम बन्द गर्ने कार्यक्रमको घोषणा गरेका हुन् ।
कर्मचारीहरूको बैठकले रामसेवक यादवको संयोजकत्वमा १५ सदस्यीय सङ्घर्ष समिति समेत गठन गरेको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…