सामाजिक सदभाव कायम राख्न अधिकारकर्मी र धार्मिक अगुवाको आग्रह
जिल्लाको सामाजिक सदभाव ब्रि्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र धर्मगुरुहरूले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् ।
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा भएको छलफल कार्यक्रम पश्चात अन्तर धार्मिक सामाजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष महन्त चन्द्रनाथ योगी, अन्तर धार्मिक सामाजिक सदभाव मञ्चका उपाध्यक्ष, मौलाना अब्दुल जब्बार मञ्जरी राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, इन्सेकका क्षेत्रीय संयोजक भोला महतलगायतका अधिकारकर्मीहरूले यस्तो आग्रह गरेका हुन् ।
घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, घटनामा घाइते भएका नागरिकहरूको यथोचित उपचारको व्यवस्था मिलाउन र शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन समक्ष धर्मगुरु, अधिकारकर्मी र सञ्चारकर्मीहरूले अनुरोध गरेका छन् ।
मटेहिया गाविसमा मङ्सिर २७ गते गाँउलेबीच भएको झडपको घटनामा नरैनापुर गाविस-३ का ४५ वर्षीय मेनेजर खानको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…