सामाजिक सञ्जाल मार्फत सफाया गर्ने धम्की
इन्द्रवती गाउपालिका–८ निवासी नेकपा माओवादी केन्द्रका जनवर्गीय सङ्गठन वाईसीएलका केन्द्रीय सदस्य प्रल्हाद चौलागाईले आफ्नो फेसवुक वालमार्फत ०७९ कात्तिक १३ गते बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध बोल्नेलाई मार्ने धम्की दिएका छन् ।
चौलागाईले आफ्नो फेसबुक वाल मार्फत भनेका छन्–‘राजनीतिमा स्थायी सत्रु र मित्रु हुन्न । समय परिस्थिती र आवश्यकताको आधारमा राजनीतिक समिकरण बन्ने गर्दछ । तर एमाले भन्ने पार्टीका केही अराजक र हार मानसिकता भएका पाखण्डीहरू पुराना भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनाएर गठबन्धनमा रहेका दुवै पक्षमा दुबिधा खडा गर्ने केही व्यक्तिलाई सफाया गर्नु पर्ने भएको छ । जन कारबाही के हो म आएर देखाउँछु तिम्रो आगनमा’ ।
सामाजिक सञ्जाल मार्फत मार्ने धम्की संप्रेषण गर्नु निर्वाचन आचार संहिता उल्लङ्घन भएको नागरिक निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचार संहिताको परिच्छेद २ अन्र्तगत दफा ४ को ञ र ठ मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले होच्याउने, गलत, भ्रामक र द्धेषपूर्ण सूचना प्रवाह गर्न गराउन नहुने भनिएको छ ।
तर पनि सामाजिक सञ्जाल मार्फत एक जिम्मेवार राजनीतिक दलका कार्यकर्ता मार्फत यस्तो धम्कीपूर्ण भनाई संम्प्रेषणले मतदाताहरूमा त्रास सिर्जना गरी आतङ्कित बनाएको छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…