सानगाउँ पशुसेवा शाखामा औषधि अभाव, कृषकहरु समस्यामा
पुर्विचौकी गाउँपालिकास्थित सनागाउँ पशुसेवा शाखामा औषधि नभएपछि आफूहरुले समस्या भोग्नु परेको त्यस क्षेत्रका कृषकहरुले गुनासो गर्नु भएको छ ।
पुर्विचौकी गाउँपालिकास्थित सानागाउँ पशुसेवा शाखामा पशुचौपायहरु बिरामी पर्दा प्रयोग गरिने औषधि गत असार महिनादेखि नपाउँदा समस्या भएको स्थानीय कृषकहरुले गुनासो गर्नु भएको हो ।
सरकारले कृषकहरुलाई २० प्रकारको औषधि निःशुल्क दिने व्यवस्था गरेको भए पनि सनागाउँ पशुसेवा शाखामा कुनै प्रकारको पनि औषधि नभएको भन्दै शाखाका कर्मचारीहरुले कृषकहरुलाई रित्तो हात घर पठाउने गरेको स्थानीय कृषक रामबहादुर खड्काले गनुासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘पशु व्यवसाय गरेर जिविकोपार्जन गर्ने कृषकहरुलाई समस्या उत्पन्न भएको छ । पशुचौपायहरु बिरामी पर्दा पशुसेवा शाखाबाट कुनै पनि प्रकारको सेवा पाउन सकिएको छैन् । पशुचौपायका लागि निःशुल्क वितरण गर्दै आएको घाउ खटिरा, चोटपटक लाग्दा सिलाउने धाँगो, लट्याउने सुई, दुखाई कम गर्ने औषधि, ज्वरो, निमोनिया, झाडापखालाको औषधि शाखामा छैन् । गाई, भैंसी तथा बाख्रा ब्याउन नसकेमा लगाई दिने सुई समेत किसानले पाउन सकेका छैनन् । बिरामी भएका पशुचौपायहरुको उपचार हुन नसकेपछि मृत्यु समेत हुने गरेको छ ।’
पशुचौपायका लागि निःशुल्क वितरण गरिदै आएका जुम्रा, उपियाँ, नाम्ले, जुका लगायतका २० प्रकारकार औषधि मध्ये अहिले कुनै पनि औषधि पशुसेवा शाखामा नभएपछि स्थानीय कृषकहरुले समस्या भोग्नु परेको पशुसेवा शाखाका प्रमुख शंकर साउदले बताउनु भयो ।
पशुचौपायहरु बिरामी भएको भन्दै औषधि उपचार गराउन आउने कृषकहरु औषधि नलिकनै फर्किने गरेको र औषधि उपलब्ध नगराएको भन्दै दैनिकजसो आफूलाई गुनासो गर्दै आएको पशुसेवा शाखाका प्रमुख साउदले बताउनु भयो ।
शाखामा औषधि नहुँदा स्थानीय कृषकहरुलाई समस्या उत्पन्न भएकोले औषधि उपलब्ध गराउन पशुसेवा माहाशाखामा अनुरोध गरिएको भए पनि एक महिना बितिसक्दा समेत समस्या समाधान हुन नसकेको पशुसेवा शाखा, सनागाउँका प्रमुख साउदले बताउनु भयो ।
प्रेमबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…