सादा पोशाकका प्रहरीद्वारा हवाइ फायर, तीन प्रहरी घाइते
बलान बिहुल गाउँपालिका–४ बेल्हीका घुरन साहको घर खानतलासी गर्न स्थानीयले अवरोध गरेपछि भदौ ७ गते प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ ।
तस्करी गरी समान राखिएको साहको घर खानतलासी गर्न स्थानीयलाई सम्झाउँदा नमानेपछि र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरी र सादा पोशाकका युवकले ३०३ राइफल र सर्टगनबाट तीन राउण्ड हवाइ फायर गरेका हुन् ।
स्थिति अनियन्त्रित हुँदै गए पछि इन्स्पेक्टर नबिन थापाको निर्देशनमा प्रहरीहरूले हवाइ फायरका लागि गोली लोड गरिरहेका बेला सादा पोशाकका व्यक्तिले महिला प्रहरीको हातबाट बन्दुक खोसेर कहिले भीडतर्फ त कहिले आकाशतिर तेर्स्याउँदै हवाइ फायर गरेका थिए ।
बन्दुक उज्याउने र हवाइ फायर गर्ने व्यक्ति सादा पोशाकका प्रहरी भएको डिएसपी माधवप्रसाद काफ्लेले सप्तरी इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
इन्सेक प्रतिनिधिको प्रश्नको उत्तर दिनुहुँदै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सादा पोशाकका प्रहरीले बन्दुक चलाउने, उज्याउने काम गर्न नमिल्ने बताउनु भयो । उहाँले संवेदनशील घटना भएकाले घटनाको छानविन गरिने बताउनु भयो ।
स्थानीयवासीको ढुङ्गामुढाबाट प्रहरी सहायक हवल्दार शिवशङ्कर साह, प्रहरीहरू अनिलकुमार बस्नेत र विशालकुमार मिश्रा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले विज्ञप्ति जारी गरी जनाएको छ ।
विज्ञप्ति अनुसार साहको घुँडामुनी, बस्नेतको छातिमा र मिश्राको टाउकोमा चोट लागेको छ । हवाइ फायर पछि भीड तितरबितर भएको र साहको घरबाट अवैध समान बरामद गरिएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…