सात महिनादेखि स्वास्थ्य सेवा त्रिपालमुनिबाट, सेवाग्राहीलाई समस्या
नलगाड नगपालिकाको प्राथमिक नगर अस्पतालले त्रिपालमुनिबाट सेवा प्रवाह गरिरहेको छ । गत वर्ष कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पले नलगाड नगरपालिका स्थित नगर अस्पताल भवन भत्किएपछि ७ महिना वित्दासमेत मर्मत नभएपछि त्रिपालमुनिबाट सेवा प्रवाह दिदै आएको हो । त्रिपालमुनिबाट सेवा प्रवाहमा सेवाग्राहीलाई समस्या भएको छ ।
६ बर्षीया छोरी जेनिशा रावलत बिरामी भएर उपचारका लागि नगर अस्पताल ल्याएपछि स्वास्थ्यकर्मीले भर्ना गर्न सल्लाह अनुसार तीन दिनदेखि नगर अस्पतालमा उपचार गराइ रहेकी छु । स्वास्थ्य सेवा त्रिपालबाट प्रवाह भएकाले दिउसो गर्मी भएपछि बिरामीलाई सास्ती हुने गरेको छ । त्रिपालको बसाइँ भर्ना भएका बिरामी दिउसो बस्न नसक्ने अवस्था रहेको नलगाड नगरपालिका–४ की ललिता रावलले गुनासो गर्नुभयो ।
भूकम्पले दुई ओटा अस्पताल भवनमा क्षति पुगेपछि बिरामीलाई औषधि उपचार गर्न पाँच ओटा त्रिपाल टाँगेर ओपिडी, इमरजेन्सी, बिरामी भर्ना वार्ड, आँखा सेवा, विएन्सी सेवा त्रिपालबाट प्रवाह गरिएको छ । एउटा पक्की भवन बाँकी दुई ओटा कच्ची भवनबाट सेवा प्रवाह गरेको नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र स्थित दल्ली नगर अस्पतालका दुई ओटा भवन भत्किएपछि सेवा प्रवाहमा समस्या भएको हो । पक्की भवनबाट फार्मेसी, ल्याव, सुत्केरी, सुरक्षित मातृत्व र डिस्पेन्सरी सेवा सञ्चालन गरिएको छ ।
नगर अस्पतालमा दैनिक एक सय भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीको चेकजाँचका लागि प्रर्याप्त उपकरण नहुँदा जाजरकोट अस्पताल, चौरजहारी अस्पताल, प्रदेश अस्पताल सुर्खेत, नेपालगञ्जका अस्पतलमा रिफर गर्नु परेको नगर अस्पताल दल्लीमा कार्यरत डा.नविन ध्यारले बताउनु भयो ।
प्रदेश सरकारबाट डा. नविन ध्यार, नगरपालिकाको आन्तरिक स्रोतमा तलव भत्ता खानेगरी दुई जना मेडिकल अधिकृत कार्यरत छन् । एक्सरे सेवा नभएपछि बिरामीलाई बाहिर रिफर गर्नु परेको छ । एक्सरे मेशिन नहुँदा यहाँका सर्वसाधारण बिरामीले दुख पाउने गरेका छन् ।
डा. ध्यारका अनुसार भौगोलिक विकटता दुर्गम बस्तीबाट आएका बिरामीलाई चेकजाँचका लागि उपकरण नहुँदा बाहिर पठाउनु पर्ने बाध्यता छ । स्थानीय तह, प्रदेश सरकारले उपकारणको व्यवस्था गरिदिएपछि ग्रामीण बस्तीका जनतालाई स्वास्थ्य सेवा प्रति विश्वास दिने बताउनु भयो । भूकम्पले भवन भत्किएपछि त्रिपालमुनी सेवा दिनु परेको छ त्यसैमा पनि उपकरण नहुँदा सेवा प्रवाहमा समस्या हुनुको साथै सेवाग्राहीले सास्ती पाएका छन् । सरोकारवाला निकाय नलगाड नगरपालिकाले अस्थायी भवनका लागि पहल नगरेका कारण सर्वसाधारणले दुख पाएका छन् ।
एम्बुलेन्स चालक सहित ३० जना कर्मचारी कार्यरत नगर अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन् । हिउँदको चिसो, चैत, वैशाखको गर्मी त्रिपालमुनिबाट सेवा प्रवाह गर्दा बिरामी र स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।
चिसो र गर्मी समय त्रिपालबाटै सेवा प्रवाह गरियो अब बर्खाको समय आउदै छ त्रिपालमुनिबाट बिरामीलाई कसरी सेवा दिने भन्ने चिन्ताले सताउन थालेको स्वास्थ्यकर्मी रामबहादुर बटालाले बताउनु भयो । उहाँले भन्नु भयो ‘नगर अस्तालको भवन समयमा बन्ने अवस्था छैन । बर्खामा बिरामी र स्वास्थ्यकर्मीले दुख पाउने निश्चित छ । अस्थायी टहरा भएपनि राहत हुने थियो त्रिपालले बर्खाको पानीलाई छेक्ना गाह्रो छ ।’
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…