सात महिनादेखि प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो
भूमे गाउँपालिका–९ को चुन्बाङ स्वास्थ्य चौकी अन्तर्गतका सुत्केरी महिलाले सात महिनादेखि प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराए वापत तत्काल आमा र बच्चालाई दिने प्रोत्साहन रकम पाउन सकेका छैनन् ।
उक्त स्वास्थ्य चौकीमा साउन महिनादेखि २३ जना महिलाहरूले प्रसूति भत्ता वापतको रकम पाएका छैनन् । स्वास्थ्य संस्थामा सुत्केरीको संख्या वृद्धि गर्ने, बच्चा तथा आमाको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राज्यले दिने गरेको सुत्केरी प्रोत्साहन भत्ता नपाएको भूमे गाउँपालिका–९ की दिलकुमारी खड्काले बताउनु भयो । ‘सुत्केरी भएको सात महिना बित्यो तर प्रसूति प्रोत्साहन भत्ता पाएको छैन ।’ उहाँले भन्नु भयो ।
‘प्रोत्साहन भत्ता समयमा पाएको भए सुत्केरी अवस्थामा पोषिलो खाने कुरा खान सहज हुन्थ्यो होला’ खड्काले दुखेसो पोख्दै भन्नुभयो–‘चालू आर्थिक वर्षको दोस्रो चौमासिक बित्न लाग्दा पनि सुत्केरी हुने बित्तिकै तत्काल पाउनु पर्ने प्रसूति प्रोत्साहन भत्ता खै के कारणले हामीले अहिले सम्म पाएका छैनौँ । महिला स्वास्थ्य स्वयंम सेविका कविता पुनले प्रोहत्सान भत्ताका लागि भएपनि स्वास्थ्य संस्थामा नियमित चेकजाच गर्न आउने महिलाहरू निराश भएको बताउनु भयो ।
संघीय सरकारको सशर्त बजेटले नियमित स्वास्थ्य चेकजाँच गरे बापतको ८ सय रूपियाँ र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भए बापत्को यातायात खर्च २ हजार रूपियाँ गरी जनही जम्मा २ हजार ८ सय रूपियाँ पाउने गरेका छन् । संघीय सरकारले दिने गरेको प्रोत्साहन भत्ता तथा यातायात खर्चसँगै गाउँपालिकाले थप न्यानो झोला र पोषण झोला नाममा नगद १ हजार २ सय रूपियाँ बराबरको पोषण सामाग्री उपलब्ध गर्दै आएको गाउँपालिकाले जनाएको छ । पोषण झोलामा सुत्केरीले दैनिक खानु पर्ने आवश्यक सामाग्री रहेको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवका अनुसार स्वास्थ्य चौकीका इन्चार्ज समायोजन रोजेर अन्यन्त्र गएका कारण लामो समयसम्म उक्त चौकी इन्चार्ज विहीन भयो । अबको केही दिनमै गाउँपालिकाले स्वास्थ्यको खातामा रकम निकासा गरेर उक्त रकम वितरण गरिने संयोजक यादवले जानकारी दिनुभयो । नेपाल सरकारले मातृ मृत्यु दर र बाल मृत्यु दर घटाउन सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ ।
जयमान बुढा मगर
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…