सातौँ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

  ०७५ असोज २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला किशोरी तथा बाल अधिकार कार्यक्रम वातावरणीय कृषि तथा विकास केन्द्र (केड) लगायतका संस्थाहरूको संयुक्त आयोजनामा असोज २५ गते वीरेन्द्रनगरमा सातौ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ ।

कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीले बालिका सुरक्षाका लागि अभिभावक, नागरिक समाज, तथा सञ्चारमाध्यम एकजुट भएर लाग्नु पर्ने बताइन् ।

समाजमा बालिकाले भोग्दै आएका समस्याका विषयमा चित्रण गर्दै उपसभामुख घर्तीले बालिकाको अवस्था सुधारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन् ।

उक्त कार्यक्रममा इन्सेकले बाल अधिकारको प्राप्ती र बालविवाह गर्न नहुनेसम्बन्धी सन्देशमूलक प्रदर्शन गरेको थियो । इन्सेकले सहजीकरण गरेको स्टलमा बालविवाह गर्नु अपराध हो । बालविवाहका सम्बन्धमा कानुनी व्यवस्था, बाल विवाहका असरका विषयमा स्टलको अवलोकलन गर्न आउने बालिकालगायत अन्य सहभागीलाई जानकारी गराइएको थियो ।

यसैगरी इन्सेकले उक्त स्टलमार्फत इन्सेकद्वारा प्रकाशित बालअधिकार शिक्षा, मौलिक हक, बाल अधिकार चेतना समूहको परिचय, प्राची, नेपाल मानव अधिकार वर्ष पुस्तक, बालबालिकाद्वारा लिखित निबन्धलगायतका पुस्तक वितरण गरेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यक्रममा बालिकाहरूले समाजमा विद्यमान रहेको बालविवाह र छाउपडी कूप्रथाका विषयमा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विभिन्न आठ ओटा स्टलमार्फत सन्देशमूलक सूचना सम्प्रेषण गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए ।

1

1

Photo20181011Surkhet2 (4)


इन्सेक, कर्णाली प्रदेश कार्यालय