साङ्घातिक आक्रमण गरेको एमाले नेताको आरोप
इटहरी उपमहानगरपालिका–६ का ५४ वर्षीय डम्वर(हिमाल) सुवेदीले आफूमाथि एकीकृत समाजवादीका कार्यकर्ताले जेठ ८ गते ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण गरेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले प्रदेश १, सदस्य तथा निर्वाचन परिचालन कमिटिका सह संयोजक सुवेदीले इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय कैलाश विष्टले आक्रमण गरेको आरोप लगाउनु भएको हो ।
इटहरी उपमहानगरपालिकामा एकीकृत समाजवादीबाट उपमेयर पदमा उम्मेदवारी दिनु भएका केशवकुमार विष्टका छोरा कैलाशले आक्रमण गरेको आरोप पीडितको छ ।
जेठ ८ गते विहान पौने सात बजे फेसवुकमा ज्यान मार्ने धम्की आएको र सात बजे बाटोमा हिँडिरहेको अवस्थामा ज्यान मार्ने उद्देश्यले कैलाशले आक्रमण गरेको सुवेदीको आरोप छ ।
पीडितले पत्रकार सम्मेलन गरी समाजवादीका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाउनु भएको छ ।
आक्रमणबाट पीडितको गालामा चोट लागेको छ । घाइतेको इहटरीस्थित एक क्लिीनिकमा उपचार गरिएको छ ।
पीडितले आरोपितविरूद्ध जेठ ८ गते ज्यान मार्ने शीर्षकमा उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका इटहरी नगर अध्यक्ष गणेश बुढाथोकीले घटना भयो भन्ने सूचना आफूले पाएको तर के कति कारणले त्यस्तो हुन गयो बुझ्ने प्रयास भएको बताउनु भयो ।
सुवेदीले आफ्नो फेसबुक वालमा इटहरी उपमहानगरपालिका–१५ मा निर्वाचनको मुखैमा केशव विष्टले पैसा बाड्दै हिँडेको र स्थानीयले लखेटेको स्टाटस किन लेखिएको भन्ने विषयमा कैलाशले जेठ ७ गते सोधपुछ गर्दा भनाभनपछि हातपात भएको स्थानीयले बताएका छन् ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…