साङ्घातिक आक्रमणमा परी नेकपा माओवादी केन्द्रका कार्यकर्ता घाइते
हरिनगर गाउँपालिका–१ का ३० वर्षीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता सहवाज अञ्सारीले आफूलाई साङ्घातिक आक्रमण भएको आरोप लगाउनु भएको छ ।
नेकपा माओवादी केन्द्र हरिनगर गाउँपालिका–१ का वडा सचिव, वाइसियल हरिनगरका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र हरिनगरका सचिवालय सदस्य अञ्सारीले आफूलाई वैशाख २५ गते राति साङ्घातिक आक्रमण भएको आरोप लगाउनु भएको हो ।
चुनावका विषयमा हरिनगर नगरपालिका–२ का वडाध्यक्ष पदका उम्मेदवार तुफेल अहमद अञ्जारीको घर जाने क्रममा हरिनगर गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य केन्द्र अगाडी भारतीय नम्वर प्लेटको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले आक्रमण गरेको पीडितको आरोप छ ।
आक्रमणमा पर्नु भएका अञ्सारी आँखामा चोट लागेको छ । पीडितको उपचार इटहरी सामुदायिक अस्पतालमा गरिएको छ ।
घटनाका विषयमा पीडितले वैशाख २५ गते राति मौखिक उजुरी दिएको भएपनि भारतीय नम्वरको मोटरसाइकल अल्फावेट र नम्वर बताउन नसकेकोले अनुसन्धानमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…