साइवर क्राइममार्फत दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-५ कर्मीटारका ४५ वर्षीय सुजन भाइ जोशीलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।
धनकुटा खानेपानी तथा सरसफाइ समितिका संयोजक समेत रहेका तामाङलाई जोशीले खानेपानी उपलब्ध गराउन नसकेको भन्दै अश्लिल शब्द प्रयोग गरेर धनकुटा बजारमा शव गाड्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा गाली गलौज गरेको आरोपमा प्रहरीले जोशीलाई गिरफ्तार गरेको हो ।
धनकुटा नगरपालिका मेयर तामाङ र नेकपा एमाले धनकुटा नगर अध्यक्ष तथा धनकुटा खानेपानी तथा सरसफाइ समितिका सचिव अर्जुन छाराहाङले ०८१ भदौ ११ गते दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।
आरोपित जोशीले ०८१ भदौ ६ गते अश्लिलशब्द सहितको पोष्ट गरेको प्रहरीले जनाएको छ । जोशीले भदौ ७ गते विहान अश्लिल शब्द हटाएर पोष्टलाई सम्पादन गरेको प्रहरीको भनाइ छ ।
आरोपितविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गर्ने तयारी सहित अनुसन्धान भइरहेको एसपी श्यामसिंह चौधरीले बताउनु भयो ।
गिरफ्तारमा परेका जोशी नेकपा एस धनकुटा नगर कमिटी अध्यक्ष तथा जिल्ला पार्टी कार्यालय सचिव भएको प्रहरीको भनाइ छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…