साइपाल गाउँपालिकामा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा !
जिल्लाको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन् । हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ ।
धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मङ्सिर महिनमा खरिद गरेको नुनले ०८१ पुस महिनाको १५ गतेसम्म मात्रै पुगेको बताउनु भयो । उहाँले भन्नुभयो–‘अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ । भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसनले ०८१ साउन महिनामा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनौट गरिसकेको थियो । भदौ महिनामा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुङ्गो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ । ‘कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि बिभिन्न बहाना गरेर टारिरहेको छ ।’ कम्पनीका टोपनारायण चालिसेले भन्नुभयो, ‘कर्पोरेसनका अनुसार ढुवानीसम्बन्धी मुद्दा अख्तियारमा परेकाले समस्या उत्पन्न भएको हो ।’
गत वर्ष मङ्सिर महिनासम्म नुन ढुवानी भएको थियो, जसले यो वर्ष पुससम्म धानेको छ । तर, तत्काल ढुवानी नभए माघ महिनाबाट अभाव गम्भीर हुने साल्ट ट्रेडिङ कर्पोरेसन, बझाङ डिपोका प्रमुख नरबहादुर ढाँटले बताउनु भयो ।
यस वर्ष साइपालका लागि ९ सय क्विन्टल नुनको कोटा छुट्याइएको भए पनि ढुवानी सम्झौता नहुँदा जनतालाई अनिलो खानु पर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताउनु भयो । साइपालका बासिन्दाले सरकारसँग छिटो नुन ढुवानीको व्यवस्था गर्न माग गर्दै आएकाले आफू पनि सम्बन्धीत निकायहरुसँग समन्वय गरिरहेको उहाँले बताउनु भयो ।
०७३ सालअघि साइपालका बासिन्दाले नुन प्रतिकिलो २ सय ५० रुपियाँसम्म तिरेर किन्नेगरेका थिए । त्यसपछि राज्यले अनुदानमा नुन उपलब्ध गराउँदै आएको भए पनि यस वर्ष ढुवानीमा भएको ढिलाइले समस्या निम्त्याएको हो । साल्टट्रेडिङ कर्पोरेसनकी निमित्त प्रमुख सर्मिला शाक्यले समस्या समाधानका लागि पहल भइरहेको भए पनि सम्झौताका लागि ढुवानीकर्ता सम्पर्कमा नआएको बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…