साइपाल गाउँपालिकामा खाद्यान्न अभाव, बाटोमै कुहिन थाल्यो चामल
साइपाल गाउँपालिकामा खाद्यान्नको अभाव सृजना भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा रहेको साइपाल गाउँपालिकामा हरेक वर्षको वर्षायाम र हिउँदको समयमा बाटो बन्द हुँदा खाद्यान्नको चरम अभाव सृजना हुने गरेको हो ।
यसपटक पनि वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पनाल्त र कँुवा गोदाममा कँुहिने अवस्थामा छ । साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था सृजना भएको छ । साइपाल गाउँपालिकाको काँडामा रहेको डिपो कार्यालयमा रहेको सबै खाद्यान्न वितरण भएपछि एक महिनादेखि साइपालमा खाद्यान्न अभाव भएको हो । गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का काँडा, बलौडी, न्यूना र धुलीलगायतका ठाउँमा खाद्यान्य समस्या रहेको छ ।
चीनसँग सीमा जोडिएको जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि किनेर समेत खाद्यान्न नपाउने अवस्था सृजना भएको साइपाल गाउँपालिका–४ का ढोक्कल बोहराले गुनासो गर्नु भयो ।
हिमाली भेग भएकाले खाद्यान्न उत्पादन समेत न्यून मात्रामा हुने र यातायात सञ्जालसँग नजोडिएकाले साइपाल गाउँपालिकामा वर्षेनी खाद्यान्न अभाव हुनेगरेको छ ।
चामल सकिएकाले कोदो, जौं, गहुँको रोटी मात्रै खानु पर्ने बाध्यता रहेको वडा नम्बर ३ का स्थानीय जंगबीर बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘साइपालमा खाद्यान्न न्यून मात्रामा उत्पादन हुन्छ । उत्पादन भएको खाद्यान्न ६ महिना पनि खान पुग्दैन । सरकारले खाद्यान्य धुवानीका लागि ठेकेदारलाई समयमै ठेक्का दिदैन् । ठेकेदारले समयमै ढुवानी नगर्दा जहिल्यै पनि खाद्यान्य समस्या भइरहेको छ ।’
पनाल्तमै कुहिन थाल्यो चामल
गत आर्थिक वर्षमा सरकारले ढुवानी अनुदान दिएको २ हजार ५ सय कुण्टेल मध्येको ३० कुण्टेल चामल गरेर ४ सय ३० कुण्टेल चामल अझै तल्कोट गाउँपालिकाको पनाल्तस्थित गाईबस्तुलाई घाँस राख्ने ठाउँमा अलपत्र फालिएकोले कुहिने अवस्थामा रहेको स्थानीयको आरोप छ ।
गाउँमा भोकमारी हुने अवस्था रहेको र यता बिच बाटोमा अलपत्र फालिएको चामल कुहिँन थालेको स्थानीय शेरबहादुर बोहराले बताउनु भयो ।
स्थानीय सरकारले खच्चडवालालाई दुवानी भाडा बढाएर नदिएको र ठेकेदारले खच्चडवालालाई न्यून भाडामा ढुवानी गराउन खोज्दा खाद्यान्नको अभाव सृजना भएको उहाँले बताउनु भयो ।
चामल ढुवानीको जिम्मेवारी पाएको जाल्पादेवी सप्लायर्सका प्रतिनिधि देवराज जोशीले ढुवानीका लागि प्रयोग गरिने खच्चड अभावका कारण समयमै चामल ढुवानी गर्न नसकिएको बताउनु भयो ।
गत वर्षको ३० कुण्टेल र गाउँपालिकाले खरिद गरेको चामल बिचबाटो पनाल्तमा भण्डारण गरिएको र चामल ढुवानी गर्न खच्चडको व्यवस्थापन गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो ।
स्थानीयको विरोधपछि ठेकेदारले अव्यवस्थित रुपमा राखिएको चामलको भण्डारणमा केही सुभार गरेका भए पनि ढुवानी गर्न अझैं दुई साता लाग्ने साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।
साइपालमा भइरहने खाद्यान्न अभाव टार्न खाद्य कम्पनीको स्थायी डिपो साइपाल गाउँपालिकामा नै सञ्चालन गर्न संघीय र प्रदेश सरकारलाई पटकपटक अनुरोध गरिएको भए पनि संघीय र प्रदेश सरकारले समस्या समाधानतर्फ चासो नदिएका कारण वर्षेनी खाद्यान्न समस्या हने गरेको गाउँपालिकाका अध्यक्ष बोहराको भनाइ छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…