सांसद कुटपिट घटनाका आरोपित गिरफ्तार
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद ४८ वर्षीय प्रमोद साह इश्वरपुर नगरपालिका–६ स्थित इश्वरपुर बजारमा चैत १२ गते कुटपिटबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।
सांसद साहमाथि फलामको रडले टाउकोमा गहिरो चोट लागेको छ भने उहाँका अङ्गरक्षक ३५ वर्षीय असई विनोदप्रसाद यादव पनि घाइते हुनु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा इश्वरपुर नगरपालिका–७ का २८ वर्षीय सिकिन्द्र सिंह र इश्वरपुर नगरपालिका–५ का ३१ वर्षीय राधेश्याम साहलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरी घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय केशरजंगका इन्स्पेक्टर जनकराज ढुङ्गानाले बताउनु भएको छ ।
इश्वरपुर नपा–६ स्थित बजारबाट फूलजोर–त्रिभुवननगर सडक–खण्ड विस्तारका क्रममा फुलजोर बाबा युवा क्लबको घरको विषयमा आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दा र सांसदबिच विवाद भएपछि झडप भएको थियो ।
घाइते सांसद साहको टाउकोमा ३२ ओटा टाँका लगाइएको छ । थप उपचारका लागि उहाँलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको उद्योग वाणिज्य सङ्घ इश्वरपुरका अध्यक्ष मनोज साहले बताउनु भयो ।
सांसद साहको प्राथमिक उपचार अमृत हेल्थ केयर इश्वरपुरमा गरी थप उपचारका लागि काठमाडौँ लगिएको जसपाका नेता नन्दलाल रायले बताउनु भयो ।
सांसद साहको अवस्था गम्भीर रहेको उहाँकी पत्नी तथा प्रदेश सभा सांसद मीरा साहले बताउनु भयो । झडपको क्रममा दुई पक्षबिच ढुङ्गामुढा भएको थियो ।
सङ्घीय सांसद प्रमोद साहलाई मधुमेह लगायत दीर्घ रोग समेत देखिएकाले टाउकोमै गम्भीर चोट लागेको हुँदा यहाँ प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बाहिर रेफर गरिएको अमृत हेल्थ केयर हसपिटलका डा. राम सागरले जानकारी दिनु भयो ।
दुई पक्षीय विवाद मिलिसकेको थियो तर इश्वरपुर नपाका नगर प्रमुख मनोज देवकोटाले विवाद उत्कर्षमा पुर्याएको हुँदा यस्तो गम्भीर घटना भए गरिएको सङ्घीय सांसद प्रमोद साहले बताउनु भएको छ ।
यसैगरी सांसद साहको अङ्गरक्षकको उपचार अमृत हेल्थ केयर इश्वरपुरमा गरिएकोे र झडपकै क्रममा तीन ओटा मोटरसाइकलमा पनि आगजानी गरिएको जसपा नेता यादवले बताउनु भयो ।
इश्वरपुर नगरपालिका–६ स्थित रहेको इश्वरपुर बजारमा केही महिना पहिला सडक विस्तारका लागि घरहरू भत्काइएको थियो । सो समयमा पनि झडप भएको थियो ।
इश्वरपुरमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबिच विवाद बढ्दै गएको थियो ।
विवाद उत्कर्षमा पुगेको अवस्थामा सङ्घीय सांसद प्रमोद साह घटनास्थलमा पुगे लगत्तै झडप भएको उक्त क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिले आधा भत्काइएको थियो ।
सांसद साहले उक्त भवन त्यही ठाउँमा नभएर अन्यत्र बनाउनुपर्ने भनेपछि युवाहरू आक्रोशित भएको र भवन त्यही ठाउँमा बनाउने वा सार्ने विषयमा युवाहरू विभाजित हुँदा झडप भएको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर ढुङ्गानाले जानकारी दिनु भयो ।
बुधान साह
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…