साँझ बिहानको छाक टार्न दाउरा बेच्नुपर्ने बालबालिकाको गुनासो
विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा पढ्न जान छोडेर बिहान र बेलुकाको छाक टार्न सदरमुकाम सिमकोटमा तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्नु परेको गुनासो गरेका छन् ।
डाँडाफया गाविस-४ जबुका १० वर्षीय धञ्जोक सिंह भन्छन-"घरको आर्थिक अवस्था कमजोर छ, आमा बुबा बुढा भएकाले विद्यालय जान छोडेर तिहारको लागि खर्च जुटाउन बिहानै आफ्नो तौल भन्दा बढीको दाउराको भारी लिएर सिमकोटमा बेच्न आएको छु ।"
कैलाश मावि डाँडाफयामा कक्षा ५ मा अध्यनरत बालक धञ्जोकले घर खर्च गरी बचेको रुपिँयाले कापीकलम किन्ने योजनासमेत सुनाए ।
यस्तै गुनासो र योजना सोही गाविस-२ का ११ वर्षीय बमबहादुर शाहीले पनि सुनाए । कैलाश माविमा कक्षा ६ मा अध्ययनरत शाहीले विद्यालय जान छोडेर साना भाइबहिनी र आफूलाई बाक्लो लुगा र कापीकलम किन्नका लागि दाउरा बेच्ने गरेको बताए । उनले भने-"बिहान ५ बजे उठेर तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्छु । त्यसैबाट आएको पैसाले सामल किन्ने गरेको छु ।'
डाँडाफया गाविसमा कक्षा ३ देखि माथिका अधिकांश विद्यार्थी विद्यालय आउनुको सट्टा दाउरा बेचेर तिहार खर्च जुटाउन लागेको कैलाश माविका प्रधानाध्यापक रफिद रहमान खाँले बताए ।
घरमा खान खर्चसमेत नभएपछि आफ्नो तौल भन्दा बढीको दाउराको भारी बोकेर बिहान सदरमुकाम सिमकोट पुग्नु पर्ने बालबालिकाको बाध्यता रहेको स्थानीयबासी धनबहादुर शाहीले जानकारी दिए ।
हुम्ला जिल्लामा ६ महिना तातो हुने भएपनि कात्तिक महिनादेखि चैत महिनासम्म हिमपात हुने भएकाले समयमै हिउँद भरिको खर्च जुटाउनु पर्ने शाहीले बताए ।
सदरमुकाम सिमकोटमा एक भारी दाउराको ३ सयदेखि ५ सय रुपियाँसम्म पाउने भएकाले घर खर्चका लागि विद्यालय जान छोडेर दाउरा बेच्ने गरेको स्थानीय बमबहादुर शाहीले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…