सहुलियत दरको चामल ठेकेदारले २० रुपियाँ बढीमा विक्री वितरण गरेको आरोप
सहुलियत दरमा खाद्य संस्थानको श्रीकोट डिपोबाट सर्वसाधारणलाई विक्री गरिने खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई २० रुपियाँ बढीमा विक्री गरेको पाइएको छ ।
खप्त्याड भेगको सेरी, श्रीकोट, खमाले, गम्था, कोटडाँडा, सुकाढिक र हृयाँग्लु गाविसका स्थानीयवासीलाई संस्थानले विक्री गर्दै आएको खाद्यन्नको मुल्य भन्दा २० रुपियाँ बढी जोडेर खाद्यन्न विक्री गरिएको हो ।
सुर्खेतदेखि श्रीकोटसम्म खाद्यन्न ढुवानीको जिम्मा पाएको माँ दुर्गा जनरल अडर एण्ड सप्लायर्स सुर्खेतका प्रतिनिधि र्सजन बुढाले ९ सय ८० रुपियाँ पर्ने उसिना मोटा चामलको प्रति प्याकमा २० रुपियाँ थपेर एक हजारमा बेच्ने गरेको स्थानीयबासीले आरोप लगाएका छन् ।
संस्थानले ३० केजीको प्याकलाई ९ सय ६० र बोराको २० रुपियाँ जोडेर ९ सय ८० रुपियाँमा खाद्यन्न विक्री गर्दै आए पनि श्रीकोट डिपोमा ठेकेदारले थप २० रुपियाँ अतिरिक्त मुल्यमा बेच्दै आएको छ । अहिलेसम्म ठेकेदारले १ हजार १ सय ८० प्याक चामल १ हजारका दरले विक्री गरेको र आफूले पनि त्यहि मुल्यमा दुई प्याक चामल किनेको श्रीकोट गाविस-१ का डिलबहादुर बानियाले जानकारी दिए ।
ठेकेदार पक्षका प्रतिनिधिले संस्थानको मुल्य भन्दा बढी मुल्यमा खाद्यन्न बेचेको पाइएमा कानुन बमोजिम आवश्यक प्रक्रिया थालिने नेपाल खाद्य संस्थान मुगु शाखाका शाखा प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए ।
संस्थानले चालु आर्थिक वर्षा लागि खत्याड भेगका सात गाविसका स्थानीय सर्वसाधारणले श्रीकोट डिपोबाट पाउने गरी १ हजार ५ सय क्वीण्टल कोटा निर्धारण गरेको भए पनि अहिले थप २ हजार क्वीण्टल थपेर ३ हजार ५ सय क्वीण्टल खाद्यन्न वितरण गर्ने जनाएको छ । ठेकेदारले ३० केजीका प्रति प्याकमा २० थपेर लिँदा ३ हजार ५ सय क्वीण्टलको २ लाख १० हजार रकम बढी लिने देखिन्छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…