सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य
नेपालीहरूको महान पर्व दसैँमा सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् ।
डाडाँफया गाविस-८ का ४९ वर्षीय ध्वजबहादुर सिंहले सहुलियतको चामल नआएपछि २५ किलोको चामललाई ४ हजार ५ सय रुपियाँमा किन्नु परेको गुनासो गरे । सिंहका अनुसार सहुलियतको २५ किलो चामललाई १ हजार ३ सय ८० रुपियाँमा पाइन्थ्यो ।
खाद्य संस्थानले प्रत्येक वर्षदसैँका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरेको भएपनि यस वर्षसमयमा खाद्यान्न ढुवानी नगरेका कारण खाद्यान्नको समस्या बढेको डाडाँफया गाविस-८ की ३२ वर्षीया पाइकी सिंहले बताइन् ।
संस्थानले चामल, नुनलगायतका खाद्यान्न ढुवानी भइसकेको बताएपनि खाद्य डिपोमा असोज २८ गतेसम्म खाद्यान्न नपुगेको स्थानीयबासी ध्वजबहादुर सिंह बताउँछन् । जिल्ला खाद्य व्यवस्थापन समितिले यस आर्थिक वर्षको चामल ढुवानीका लागि चासो नदेखाएका कारण खाद्यान्न ढुवानीमा ढिलाइ भएको नेपाल खाद्य संस्थान हुम्लाका प्रमुख नारायणसिंह केसीले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी रिदीप्रकाश सिटौलाले आफू जिल्लामा केही दिनअघि मात्र आएकोले यस समस्याका बारेमा जानकारी नभएको बताउँदै थप जानकारी लिई समस्या समाधानका लागि पहल गर्ने बताए ।
जिल्लामा भएको उत्पादनले तीन महिनापनि राम्रोसँग खान नपुग्ने भएपछि बाँकी नौ महिना संस्थानको चामलको भर पर्नुपर्ने स्थानीयबासीले गुनासो गरे ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…