सहिदको सूचिमा नसमेटिएको भन्दै आन्दोलनमा मारिएकाको परिवारद्वारा शालिक हटाउन माग
सरकारले पछिल्लो पटक सार्वजानिक गरेको सहिदको सूचिमा २००७ सालको आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका व्यास नगरपालिका– ११ तनहुुँ सुरका उत्तरकुमार श्रेष्ठको नाम नसमेटिएपछि उहाँको परिवारले असन्तुष्टि जनाएका छन् । स्व.श्रेष्ठको परिवारले तनहुँ सुरमा रहेको उहाँको शालिक हटाउन माग समेत गरेका छन् ।
सहिदमा नाम राख्न समेत अस्विकार भएपछि शालिक मात्र राखिराख्नु अपमानजनक भएको भन्दै स्व.श्रेष्ठको शालिक हटाउन परिवारका सदस्यले माग गरेका हुन् ।
०८० चैत १ गते व्यास नगरपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा स्व. उत्तरकुमार श्रेष्ठका नाती प्रेमकुमार श्रेष्ठले राज्यले आफ्नो हजुरवबुवालाई सहिदको सूचिमा समावेश नगरेर विभेद गरेको भन्दै तनहुँसुरमा रहेको हजुरबुवाको शालिक हटाउन नगरपालिका समक्ष माग गर्नुभएको हो ।
२००७ सालको जनक्रान्तिमा तनहुँको तत्कालिन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा सहादत प्राप्त गर्नुभएका उत्तरकुमार श्रेष्ठलाई हालसम्म पनि राज्यले सहिदको सूचिमा नराखेकोमा उहाँका नातीले असन्तुष्टि जनाउनु भएको थियो । उक्त आन्दोलनमा मारिने अन्य व्यक्ति सहिदमा सूचिकृत हुँदा आफ्नो हजुरबुवा उत्तरकुमार श्रेष्ठलाई भने हालसम्म सहिदको सूचिमा नराखिएको श्रेष्ठले बताउनु भयो । यसबारेमा आफुहरुले पछिल्लो पटक गृहमन्त्रीलाई भेटेर समेत जानकारी गराएको भन्दै श्रेष्ठले पछिल्लोपटक सहिदको सूचि सार्वजानिक गर्दा नाम आउने आशा रहेकोमा त्यसो नभएको गुनासो गर्नुभयो ।
तनहुँसुरमा रहेको उक्त शालिक व्यास नगरपालिकाले नहटाए आफ्नो परिवारको तर्फबाट शालिक हटाउने निश्कर्षमा पुगेको श्रेष्ठले बताउनु भयो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्व. उत्तरकुमारको नाम सहिदको सूचिमा नसमेटिनु ज्यादै दुखद भएको भन्दै यसबारेमा पुनः एक पटक गृहमन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…