सहमति पछि चारजनाको अनसन स्थगित एकजनाको जारी
मधेसी मोर्चा सप्तरी र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबिच मङ्सिर १४ गते २७ बुँदे लिखित सहमति पछि चार जनाले अनसन स्थगित गरेका छन् ।
अस्पतालले पुरा गर्न सक्ने अधिकांश मागहरू तत्कालै तथा केही मागहरू निश्चित अवधिभित्र पुरा गर्ने र बाँकी मागहरूका लागि स्वास्थ्य मन्त्रालयमा पहल गर्ने सहमतिपछि अनसन स्थगित गरिएको मोर्चाको वार्ता टोली सदस्य रामगमन साहले बताए ।
चारजनाले अनसन स्थगित गरेता पनि मोर्चाका वरिष्ठ सल्लाहकार तथा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारीले भने आमरण अनसनलाई निरन्तरता दिएका छन् । सहमतिप्रति असन्तुष्टि जनाउँदै उनले वार्ता टोलीले म्याण्डेटविपरित सहमति गरी अनसन अपहरण गर्ने प्रयास गरेको आरोप लगाए ।
अस्पतालको सुधारको माग गर्दै मङ्सिर ८ गतेदेखि तिवारी तथा मङ्सिर ९ गतेदेखि सरिता गिरी नेतृत्वको नेसपाका जिल्ला अध्यक्ष एवम् मोर्चाका जिल्ला संयोजक सुबी यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मोर्चाका सचिव प्रभाकर सिंह तथा मोर्चाका सचिवालय सदस्यहरू एवम् नेसपा गजेन्द्रवादीका केन्द्रीय सदस्यहरू जयसुन्दर खिडहरी यादव र सावित्री पण्डित आमरण अनसनमा बसेका थिए । चारजनाले बिरामी बालकको हातबाट जुस खाएर अनसन तोडेका छन् भने तिवारीले नेसपा गजेन्द्रवादीको व्यानरमुनी अनसनलाई निरन्तरता दिएका छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…