सहकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार
सप्तरी, कञ्चनरूप नगरपालिका–८ स्थायी घर भइ खाँदबारी नगरपालिका–१ स्थित जिल्ला अस्पतालमा फार्मेसी इञ्चार्जमा कार्यरत २८ वर्षीय धिरज रौनियार र धर्मदेवी नगरपालिका–९ का ३९ वर्षीय सूचना अधिकारी शेखर खत्रीलाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले अस्पताल प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
धर्मदेवी नगरपालिका–९ का ४२ वर्षीय श्रेष्ठले भदौ २८ गते फार्मेसी इञ्चार्ज र सूचना अधिकारीलाई हातपात गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
आरोपितले बिनाकारण कुटपिट गरेको पीडित धिरज रौनियारले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । अस्पताल प्रशासन प्रमुख श्रेष्ठले के कति कारणले आफूहरूलाई कुटपिट गरेको हो सो थाहा नपाएको रौनियारले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
भदौ २८ गते साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
अस्पताल व्यवस्थापन प्रमुख सुमन शाक्यले घटनाका विषयमा जानकारी आएको तर विस्तृत रूपमा बुझन् बाँकी रहेको बताउनु भयो ।
आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी वीरेन्द्र गोदारको भनाइ छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…