ससुराद्वारा चक्कु प्रहारबाट घाइते बुहारीको उपचार हुँदै
सालझण्डी गाविस-१ फुलवारीकी ३५ वर्षीय सीमा रोक्कालाई ५६ वर्षीय ससुरा विरबहादुर रोक्काले ०७३ पुस ९ गते साँझ चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर आएका विरबहादुरले बुहारीलाई पेटमा चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर विमल पराजुलीले बताए ।
घाइते सीमालाई पुस ९ गते राति नै भैरहवा मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । चिकित्सकहरूका अनुसार सीमा अहिले खतरामुक्त रहेकी छिन् । आरोपितले चक्कु प्रहार गरी फरार रहेकाले उनको खोजी कार्य भइरहेको इन्स्पेक्टर पराजुलीले बताए ।
रीमा विसी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…