सशस्त्र प्रहरी र स्थानीयबिच झडप ६ जना घाइते

  ०८० फागुन १८ गते

मेचीनगर नगरपालिका-७ गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबिच  फागुन १८ गते झडप हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

भारतीय सीमावर्ती बजार पानीट्यांकीबाट नेपाल सामान लिएर आउने स्थानीय र सशस्त्र प्रहरीबिच ०८० फागुन १८ गते झडप भएको जिल्ला प्रहरी कार्यालयका एसपी मिलन केसीले बताउनु भयो।

सामानको विषयमा विवाद हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र सवारी चालकले खुकुरी चलाउँदा पाँच जना स्थानीय र एक जना सशस्त्र प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डिएसपी दीपक भारतीले बताउनु भयो।

सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट मेचीनगर नगरपालिका-७ का दीपक बातर,हरी बातर, विशेष राजवंशी, मिलन चापागाईं र अनाह यादव घाइते भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका एकजना घाइते भएपनि प्रहरीले परिचय खुलाएको छैन्।

घाइते सबैको वि एण्ड सी अस्पताल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 


नरेश खाती