सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था अझै अज्ञात
साबिक हगाम गाविस-७, हाल जुगल गाउँपालिका-७ स्थायी घर भई भोटेकोशी गाउँपालिका स्थित तातोपानी बजारमा मजदुरी गरी बस्नुभएका २० वर्षीय कुमार तामाङलाई सिमा सुरक्षाका लागि तातोपानीमा रहेको सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेकोमा हालसम्म अवस्था अझै अज्ञात रहेको बेपत्ताका दाजु छिरिङ तामाङले बताउनु भयो ।
बेपत्ता तामाङलाई ०७१ चैत ११ गते बेलुका आफ्नै डेरामा बसेको अवस्थामा गिरफ्तार गरेको बेपत्ताकी पत्नी डोल्मा तामाङले बताउनु भयो । सँगै बसेको पतिलाई प्रहरीले गिरफ्तार गरी लगेको तीन दिनपछी भेट्न जाँदा भेट गर्न नपाएपछि बेपत्ता बनाएको थाहा पाएको पत्नी डोल्माले उल्लेख गर्नुभयो । बेपत्ता भएका आफन्तका खोजीको माग गर्दै पीडित पक्षले ०७१ चैत्र १५ गते अरनिको सडक अन्तर्गत तातोपानी खण्ड बन्द गराएर विरोध प्रर्दशन गरेका थिए । तत्कालीन अवस्थामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्त्वमा चैत १६ गते घटना छानबिन समिति समेत बनेको थियो ।
जिल्ला स्तरमा बनेको छानबिन समितिले उल्लेखनीय काम गर्न नसकेपछि पीडित पक्षको मागलाई सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाका तत्कालीन डिआइजी नवराज सिल्वालको संयोजकत्त्वमा उच्चस्तरीय छानबिन समिति समेत बनेको थियो । सो समितिले घटनास्थलको आनुसन्धान गरी गृहमन्त्रालयमा प्रतिबेदन बुझाएको भनिएको थियो तर सो प्रतिबेदन पनि हालसम्म सार्वजनिक हुन सकेको छैन ।
घटनाको फ्लोअप गर्दै इन्सेक अनलाइनमा ०७३ माघ ३ गते 'सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था सार्वजनिक नहुँदा पीडित परिवार विस्थापित' शिर्षकमा समाचार प्रकाशित भएको थियो । त्यतिखेर ०७२ सालको भूकम्पले घटनालाई ओझेलमा पारेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोकर्णमनी दुवाडीले इन्सेकलाई जानकारी दिनुभएको थियो । घटना भएको १० वर्ष बित्न लाग्दा पनि बेपत्ता आफन्तको अवस्था सार्वजनिक नहुनुमा दुःख लागेको बेपत्ता कुमार तामाङकी पत्नी डोल्मा तामाङले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…