सशस्त्र प्रहरीको लाठी चार्जबाट १२ जना घाइते
चन्दननाथ नपा-९ बयालकाटियागाउँका स्थानीयबासी र सशस्त्र प्रहरीको झडपमा १२ जना स्थानीयबासी घाइते भएका छन् भने चार जना प्रहरी घाइते भएका छन् ।
चन्दननाथ नपा-९ का वयालकाटियागाउँ र तलिउम गाउँबिच शम्भुनाथ पारिपाल्त भन्ने सामुदायिक वनको विषयमा वैशाख ११ गते विवाद भएपछि न्यायका लागि प्रशासन कार्यालय आउँदा सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेको देव गिरीले आरोप लगाए ।
उनले भने-'प्रशासनमा न्यायका लागि आएका हौँ । प्रहरीको कुटाई खान आएका होइनौँ ।' घाइते हुनेहरूमा चन्दननाथ नपा-९ का सुरेन्द्र गिरी, बिर्ख गिरी, चैती गिरी, दुर्गा गिरी, जनतारा गिरी, चक्र गिरी, कला गिरी, विष्णु गिरी, एकमाया गिरी, मन्नु गिरी, सुरेन्द्र गिरी र चन्द्र गिरी रहेका छन् । घाइतेको टाउको, ढाड, तिघ्रा र अनुहारमा चोट लागेको छ ।
'पहिलादेखि हामीले उपभोग गर्दै आएको वन सोही वडाका तलिउमगाउँका स्थानीयले सामुदायिक वन बनाएर पछि दुई गाउँबिच विवाद हुन थालेको हो ।'-स्थानीय चैती गिरीले बताइन् ।
त्यसैगरी प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार हिक्मत थापा, प्रहरी जवान सिद्धबहादर बोहोरा, यज्ञ बहादुर कार्की र अङ्शुकुमार चौधरी घाइते भएका छन् । उनीहरूको टाउको र तिघ्रामा चोट लागेको छ । प्रहरी हवल्दार थापाले भने-'वनको विषयमा आन्दोलन गर्दै आएका आन्दोलनकारीलाई सम्झाउदै चार/पाँच जनाको समूह बनाएर प्रमुख जिल्ला अधिकारीसँग छलफलको लागि जानुहोस भन्दै थियौँ । आन्दोलनकारी तर्फका एक/दुई जनाले बढी हल्ला गरेपछि सशस्त्र प्रहरीले भीड नियन्त्रणका लागि लाठी चार्ज गर्नुपरेको हो ।'
घाइते स्थानीय र प्रहरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीयले नारा जुलुशमा प्रयोग गरेका प्लेकार्डले प्रहरीलाई प्रहार गर्न थालेपछि दङ्गा भड्किएको प्रतिक्रिया दिए । आन्दोलनकारी जबरजस्ती प्रशासन कार्यालयको ढोका भित्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको उनको भनाइ छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…