सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु
जिल्लाको सिमावर्ती क्षेत्र सुस्ता नाकामा स्थानीय र प्रहरीबिच भएको विवाद पछि सशस्त्र प्रहरीको गोली प्रहारबाट प्रतापपुर गाँउपालिका – ६ कठहवाका २२ वर्षीय अविनाश राजभरको जेठ ५ गते मृत्यु भएको छ ।
अविनाश सुस्ता गाउँपालिका–५ बनकट्टी नाकाबाट नेपाल तर्फ प्रवेश गर्ने क्रममा सिमामा खटिएका सशस्त्र प्रहरीसँग विवाद भएको थियो । विवाद पछि आक्रोशित भएका स्थानीयहरूले ढुङ्गा मुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका एसपी महेश अधिकारीले जानकारी दिनुभयो । झडपलाई अन्य कुनै प्रयासबाट रोक्न नसकिएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनु भयो ।
कोभिड महामारीको समय भएकाले सिमाबाट आउजाउ गर्न कडाई गरिएको प्रशासन कार्यालयले जनाएको छ । स्थानीयहरूका अनुसार प्रहरीले भारतबाट आउने क्रममा युवाहरुलाई बिनाकारण कुटपिट गरेको बताएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रहरीले जनायो । मधेश स्वतन्त्र समूहका संयोजक राधेरमण पाण्डेले विज्ञप्ती मार्फत प्रहरीले हत्या गरेको भन्दै शहिद घोषणाको माग गरेका छन् । मृतकपक्षले शव नबुझ्ने अडान राखेपछि शवको पोष्टमार्टम हुन सकेको छैन ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…