सशस्त्र प्रहरीको कुटपिटबाट एक जना महिला घाइते

  ०८१ असोज ७ गते

भारतको बनबासाबाट घरायसी सामान लिएर आउँदै गरेकी भीमदत्त नगरपालिका–५ सुकाशालकी ३२ वर्षीया सन्ध्या विकलाई ०८१ असोज ४ गते सशस्त्र प्रहरी गुल्मका सहायक हवल्दार सरस्वती भण्डारीले कुटपिट गर्नुभएको छ ।

जिल्लाको पश्चिमीनाका गड्डाचौकीस्थित भन्सारमा सुरक्षार्थ खटिएकी सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती भण्डारीले लाठ्ठी र मुक्काले प्रहार गरी कुटपिट गर्दा मुख, हात, तिघ्रा र पेटमा गहिरो चोट लागेर घाइते भएको पीडित बि.क.ले बताउनु भयो ।

भारतबाट घर्यासी सामान लिएर आइरहेकी बेदकोट नगरपालिकाकी एक महिलालाई सशस्त्र प्रहरीले व्यारेलमा कुटपिट गरिरहेको अवस्थामा आफूले कुटपिट नगर्न भनेपछि सशस्त्र प्रहरीकी सहायक हवल्दार भण्डारीले गाडीमा राखेर व्यारेकमा पुगाई आफूलाई कुटपिट गरेको पीडित बि.क.ले बताउनु भयो ।

सशस्त्र प्रहरी कार्यालय, गड्डाचौकीका डिएसपी तेजराज शर्मालाई भेटघाट गरी घटनामा संलग्न प्रहरी सहायक हवल्दारलाई कानुनी कारबाही गर्न अनुरोध गरिएको भिमदत्त नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमराज अवस्थीले बताउनु भयो ।

नागरिकलाई जथाभावी रुपमा दुःख दिने र कुटपिट गर्ने कार्य कानुन विपरित भएकोले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नु पर्ने अध्यक्ष अवस्थीको भनाइ छ ।

अनुसार भन्सारमा चेकचाँच गर्ने क्रममा विकको छोराले ल्याएको १० केजी चिनी लिन प्रहरीले रोकेपछि बिकले गालिगलौज गरी आफूमाथि हातपात गरेपछि लाठ्ठी प्रहार गरेको सशस्त्र प्रहरी गुल्म, कञ्चनपुरकी सहायक हवल्दार तथा घटनाका आरोपित भण्डारीको भनाइ छ ।

सर्वसाधारण महिलालाई प्रहरीले कुटपिट गरेको भन्ने गुनासो आएकोले घटनाको अनुसन्धान गरी संलग्न प्रहरीलाई विभागिय कारबाही गरिने र दुबै पक्षलाई बोलाई छलफल समेत भइरहेको सशस्त्र प्रहरी शैलेश्वरी गणका एसपी खगेन्द्र चन्दले बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी वि.क.को स्वास्थ्य उपचार ०८१ असोज ५ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको थियो ।


लिली कुँवर