सशस्त्र द्वन्द्वमा विस्थापित परिवारले अझैसम्म पनि राहत पाएनन्
विगत सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत मृत्यु, बेपत्ता, विस्थापित र अपहरण भएका पीडित तथा परिवारका नाममा राहत रकम निकासा भई आएपनि १ सय ६७ विस्थापित परिवारको नाम छुटेपछि उनीहरूले यस्तो गुनासो गरेका हुन् ।
खाडाचक्र नपा-५ का ६० वर्षीय दुर्गाबहादुर शाही भन्छन्-तत्कालीन माओवादीका कारण गाउँमा बस्न नसकेपछि ०५७ सालमा पाँच जनाको परिवार सदरमुकाम मान्म बजारमा विस्थापित भइयो ।' शान्ति स्थापनापछि गाउँ फर्केका उनका परिवारको नाम विस्थापितको तथ्याङ्कमा छैन । यस्तै समस्या खाडाचक्र नपा-८ का ५५ वर्षीय रुपलाल मल्लको पनि रहेको छ ।
तत्कालीन माओवादीका कारण गाउँमा बस्न नसकेपछि चार जनाको उनको परिवार ०५६ सालमा सदरमुकाम मान्म बजारमा विस्थापित भएका थिए । शान्ति स्थापना भएपछि गाउँ फर्केका मल्ल परिवारको नाम पनि विस्थापितको तथ्याङ्कमा नहुँदा आफूले राहत नपाएको उनले गुनासो गरे ।
कालिकोटका २ सय ५२ जना विस्थापित परिवारमध्ये नाम सूचीसहित आएका १ सय २८ परिवारका १ हजार १ सय ५८ जनालाई २५ हजार रुपियाँका दरले दिने भनिए पनि रकम अभावका कारण मन्त्रालयबाट विस्थापितका नाममा आएको २ करोड २६ लाख रुपियाँ दामासाहीका दरले वितरण भएको छ । स्थानीय शान्ति समितिका सचिव खेमबहादुर रोकायले राहत रकम आएपनि अझै सिफारिस गरेका पीडितहरूको राहत आउन बाँकी रहेको बताए ।
२७ करोड २६ लाख मृतक/बेपत्ता परिवारका लागि, २ करोड २६ लाख विस्थापित र १ करोड २६ लाख अपहरणमा परेकाको नाममा रकम आएपनि १ सय ६७ विस्थापित परिवारको नाम छुटेको हुँदा उनीहरूको लागि रकम माग गरी पठाइएको प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदीले बताए । उनका अनुसार ५ सय ३६ मृतक, २७ जना बेपत्ता र २ सय ५२ विस्थापित पुरानै रहेको र ५ सय ४ जना अपहरणका पीडित यतिबेला कार्यदलमा परेका हुन् ।
प्रजिअ सुवेदीका अनुसार १ सय ३४ जना अपाङ्गता भएका, ७ सय ४ जना अपहरण र १ सय ३१ जना विस्थापित परिवारले अझै राहत पाउन बाँकी रहेका छन् ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…