अधिकारीको हत्याका आरोपितलाई उच्च अदालतद्वारा सफाइ
उच्च अदालत पाटनको हेटौँडा इजलासले सशस्त्र द्वन्द्वको समयमा चितवनको बकुल्लहर चोकमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितलाई चैत २९ गते सफाइ दिएको छ ।
आफ्ना छोरा कृष्णप्रसादको हत्या गरेको आरोपमा कारबाहीको माग राखी गोरखा फुजेल निवासी छविलाल पौडेलसहित १२ जनाविरुद्ध बुबा नन्दप्रसाद र दाजु नुरप्रसाद अधिकारीले चितवन जिल्ला अदालतमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले लगाएको मुद्दामा जिल्ला अदालत चितवनले ०७५ भदौ २४ गते मुद्दाको सुनुवाइ गर्दै आरोपितहरूले अधिकारीको हत्या गरेको भन्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो ।
जिल्ला अदालतको आदेश बदर गर्दै आरोपितलाई कारबाहीको माग गरी जिल्ला सरकारी वकिलमार्फत पीडित पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।
उच्च अदालत पाटन हेटौँडा इजलासले सरकारी साक्षी नबुझी कर्तब्यज्यान मुद्दाको फैसला गरेको भन्दै ०७७ फागुन २ गते पाँच जना साक्षी बकपत्रका लागि झिकाउने आदेश गरेको थियो ।
न्यायाधीश शेषराज शिवाकोटी र चण्डीराज ढकालको इजलासले साक्षीहरू गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ दाहाल, ठाकुरप्रसाद अधिकारी, तत्कालीन डिएसपी सञ्जय राउत र सई बुद्धी चौधरीलाई बकपत्रका लागि चैत १ गतेको इजालसको लागि झिकाउने आदेश गरेको भए पनि दुई जना साक्षी मात्र उपस्थित भएका थिए ।
चैत २८ गतेको इजालसमा अधिकारीका तर्फबाट सहन्यायधिवक्ता सन्देश श्रेष्ठ, उपन्यायाधीवक्ता सुरेन्द्र काफ्ले, अधिवक्ता पुष्प पौडेललगायतले बहस गर्नु भएको थियो भने विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, रमण श्रेष्ठलगायतले बहस गर्नु भएको थियो ।
हेटौँडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको उच्च सरकारी वकिल कार्यालय हेटौँडाका प्रमुख तथा सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले बताउनु भयो ।
घटनाका आरोपितहरू गोरखा फुजेल निवासी छविलाल पौडेल, जानुका पौडेल, भीमसेन भनिने भीष्मराज पौडेल, मेघनाथ पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, सीता अधिकारी र सुभद्रा तिवारीले सफाइ पाएका हुन् ।
आफ्नो छोराको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याई न्याय प्राप्तको आन्दोलनमा लागेका अधिकारी दम्पतिमध्ये पतिको निधन भइसके पनि गङ्गामाया न्यायको लागि सङ्घर्ष गरिरहनु भएको छ ।
पछिल्लो समय उहाँ आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै ०७७ पुस ६ गतेदेखि काठमाडौँको वीर अस्पतालमा अनशनरत हुनुहन्छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…