सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शीघ्र न्याय आवश्यकतामा जोड

  ०८० वैशाख १५ गते

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि शीघ्र न्याय हुनुपर्नेमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनु भएको छ ।

इन्सेकद्वारा वैशाख १४ र १५ गते धुलिखेलमा आयोजित बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि निश्पक्ष र शीघ्र न्यायसम्बन्धी परियोजनाको अभिमूखीकरण कार्यशालामा बोल्दै इन्सेकका अध्यक्ष डा. अर्यालले सो कुरामा जोड दिनु भएको हो ।

उहाँले द्वन्द्वको समयमा राज्य र तत्कालीन विद्रोही पक्ष माओवादीबाट व्यक्ति बेपत्ता पार्ने काम भएको र वर्षौँ बित्दासमेत उनीहरूको अवस्था सार्वजनिक नगरिएकोप्रति चिन्ता व्यक्त गर्दै शीघ्र न्यायका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनु भयो ।

इन्सेकको अभिलेख अनुसार सशस्त्र द्वन्दवको क्रममा ९ सय ३१ जनालाई राज्य र विद्रोही पक्षबाट बलपूर्वक बेपत्ता पारिएको छ ।

०६३ मङ्सिर ५ गते गरिएको विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख गरिएको भएपनि अहिलेसम्म पनि उनीहरूको अवस्था सार्वजनिक गरिएको छैन ।

बेपत्ता पारिएका व्यक्तिको परिवारको अवस्थाको अध्ययन गरी उनीहरूलाई आवश्यक सहयोग गर्नका लागि यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।

कार्यक्रममा आर्जु कार्कीले परियोजनाको परिचय दिनु भएको थियो भने सातै प्रदेशका संयोजकहरूले प्रदेशगत आधारमा बेपत्ता पारिएका व्यक्तिका परिवारका वर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

मानव अधिकार स्रोत केन्द्र र नेपाल मानव अधिकार वर्ष पुस्तकबारे मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले र मानव अधिकार शिक्षा कार्यक्रमबारे समीक्षा तथा कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

DSC_0547

DSC_0554

DSC_0564

DSC_0575

DSC_0584

DSC_0607

DSC_0616

DSC_0620

DSC_0631

DSC_0646

DSC_0653

DSC_0660

DSC_0665

DSC_0668

DSC_0681


अनलाइन डेस्क