सशस्त्र द्वन्दमा बेपत्ता पारिएकाको नामावली आयोगद्धारा सार्वजनिक

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको सशस्त्र द्न्द्वको समयअविधमा वेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नामवाली राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ ।

बेपत्ता पारिएको भनि बेपत्ता आयोगमा दिएको उजुरीको आधारमा नामावली प्रकाशन गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

प्रकाशित गरिएको नामवालीबारे कुनै जानकारी/सूचना/प्रमाण भए आयोगलाई जानकारी गराउन आयोगले आग्रह गरेको छ ।

ताप्लेजुङका साविकका विभिन्न गाविसका २० जना नामावली वेपत्ताको सूचीमा समावेश गरिएको छ ।

साविकको तिरिङे गाविस–७ का अमृत कुमार इजम,इखाबु–९ का आइत बहादुर विक,फक्ताङलुङ गाउँपालिका–३ का उमनाथ लिम्बु,थुम्बेदिन–१ का ओमनाथ अधिकारी,खेवाङ–५ का काजीमान सार्की (अरुण), फुङलिङ नगरपालिका–२ का काशीनाथ गौतम,फुङलिङ नगरपालिका–७ का टंक पालुङवा र डिल्लीराम चापागाई रहेका छन् । यसैगरी साविक खोक्लिङ–५ का नारायणप्रसाद थापा,मिक्वाखोला गाउँपालिका–१ का निल कुमार थापा, फुङलिङ नगरपालिका–९ का पदम बहादुर मादेन,फुलबारी–३ का प्रकाश शेर्पा,साँघु–८ का प्रकाश दर्जी,सुरुमखिम–४ का भेषराज लिम्बु र वडा नं. ७ का मन कुमारी राई (दिव्या), फुङलिङ नगरपालिका–१ का राजेन्द्र गुरुङ, फुङलिङ नगरपालिका–२ का लाक्पा नुर्बु शेर्पा,हाङ्देवा–६ का लोकनाथ गौतम, फुङलिङ नगरपालिका–८ का सन बहादुर कामी र लिङ्तेप–१ का सानुसागर शेर्पा छन् ।

बेपत्ताको सूचीमा समावेश गरिएकाहरुको साविक ठेगाना र स्थानीय तहको संरचनाअनुसार नाम ठेगाना समावेश गरिएको छ । उमेर भने उल्लेख छैन् । बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ सोही साल बैसाख २८ गते जारी भई २०७१ माघ २७ गते गठन भएको आयोगले द्न्द्वको समयअवधिमा भएका घटनासँग सम्बन्धित विषयमा कार्यसम्पादन गर्दै आएको छ ।

 

 


देवराज गुरुङ