सल्यानमा भूकम्पमा परी तीन जनाको मृत्यु : १ सय २२ घरमा क्षति
जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्र बिन्दु बनाएर कात्तिक १७ गते मध्यरातीमा गएकाे भूकम्पमा परी सल्यान जिल्लामा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिका घर भइ मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो । जसमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका मल्ल र उनका ४ वर्षीय छोरा लेखनाथ मल्लको रुकुम आठविसकोटमा भूकम्पमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै गरी जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको हो । आमासँगै मामाघर रुकुम पश्चिम आठविसकोट नगरपालिका पिपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको हो । उनीकी आमा अन्दाजी २२ वर्षीया भद्रकला देवकोटा बुढा भने घाइते हुनुभएको छ ।
जिल्लाभर १ सय २२ घरमा क्षति
भूकम्पका कारण जिल्लामा १ सय २२ घरमा क्षति भएको छ । जसमा २५ वटा घरमा पुर्णरुपमा क्षति भएको छ । यस्तै ७७ वटा घरमा आंशिक र १९ ओटा घरमा सामान्य क्षति भएको छ । भूकम्प प्रभावित घरको क्षति मुल्याङ्कनको काम भैरहेकाले क्षति भएका घरको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।
हालसम्म जिल्लाको दार्मा गाउँपालिका भूकम्पबाट बढी प्रभावित भएको छ । दार्मामा २३ वटा घरमा पुर्ण रुपले क्षति पुगेको छ भने ७० ओटा घर आंशिक र १२ ओटामा आंशिक क्षति पुगेको छ । यस्तै बागचौर नगरपालिकामा दुई ओटा घरमा पुर्ण रुपमा र सात ओटा घरमा आंशिक क्षति भएको छ । यस्तै सिद्धकुमाख गाउँपालिकामा पाँच ओटा घरमा सामान्य क्षति भएको भने शारदा नगरपालिकामा एक ओटा घरमा आंशिक र दुई ओटा घरमा पूर्णरुपमा क्षति भएको छ ।
भूकम्प प्रभावितको उचित व्यवस्थापन गर्छौ : प्रमुख जिल्ला अधिकारी खरेल
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जाजारकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित जिल्लाका नागरिकको उचित व्यवस्थापन गरिने बताउनुभएको छ । भूकम्पले क्षति पु¥याएर पछि प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा पुग्नुभएका उहाँले भूकम्पका कारण पूर्णरुपमा घर भत्किएर प्रभावित भएका नागरिकको व्यवस्थापन तत्कालै गरिने बताउनुभएको हो ।
उहाँले जिल्लाको दार्मा गाउँपालिका भुकम्पबाट बढी प्रभावित भएको बताउनुभएको छ । ‘सबै क्षेत्रमा भूकम्प प्रभावितको अवस्था, क्षतिको विवरण सङ्कलन लगाएतका कार्यका लागि जनप्रतिनिधि, प्रहरी प्रशासन, कर्मचारी, रेडक्रस सबै खटिएको अवस्था छन्, कति प्रभावित छन्, तत्कालै व्यवस्थापन गर्नुपर्ने कति छन्, ति सबैको विवरण संकलन गरेर राहत वितरणको काम शुरु गर्छौै’ उहाँले भन्नुभयो ।
भूकम्पका कारण घरमा क्षति भइ प्रभावित भएका नागरिकको लागि त्रिपाल, लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न आदीको तत्कालै व्यवस्थापन गरिने बताउनुभयो ।
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…