सल्यानका गर्भवतीले दुई महिनादेखि आइरन चक्की खान पाएनन्
जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि आइरन चक्कीको सेवन गर्न नपाएको गुनासो गरेका छन् ।
महिलाहरूलाई गर्भवती तथा सुत्केरी भएको बेला आइरनको कमी नहोस भनेर आइरन चक्की प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क रूपमा सरकारले दिने गर्दछ । गर्भ रहेको चार महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरन चक्की खानु पर्छ । तर, बागचौर नपा-४ मा विगत डेढ महिनादेखि आइरन चक्कीलगायतका अन्य औषधिको समेत अभाव भएको स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका रमादेबी वलीले बताइन् ।
उनले भनिन्-'मेरो टोलमा आइरन चक्की छैन । गर्भवती तथा सुत्केरीहरू आइरन चक्की माग्न आउनु हुन्छ । सकिएको छ भनेर खाली पठाउँछु ।' यस्तै ग्रामीण भेगमा अत्याधिक मात्रामा प्रयोग हुँदै आएको गर्भ निरोधको अस्थायी साधन पिल्सको पनि अभाव भएको उनले बताइन् ।
यस्तै आफ्नो टोल बानपा-५ मा पनि गर्भनिरोधको अस्थायी साधन पिल्सको अभाब भएको अर्की महिला स्वायमसेबिका मैना वलीले बताईन् । उनले भनिन -'धेरै महिलाहरू गर्भनिरोधको अस्थायी साधन प्रयोगको लागी पिल्स माग्न आउनु हुन्छ । तर, आफूसँग हुँदैन । त्यसै पठाउनु पर्छ ।' उनले स्वास्थ्य चौकीमानै औषधि नभएकाले आफूसँग आएका सेवाग्राहीलाई सेवा दिन नसकेको बताइन् ।
परिवार नियोजनको अस्थायी साधन पिल्स हरेक महिलाले महिनावारी भएको पाँचौ दिनदेखि आफूलाई बच्चाको आवश्यकता नभएसम्म दैनिक रूपमा प्रयोग गर्नु पर्छ । परिवार नियोजनको यो साधन ग्रामीण भेगमा अत्याधिक प्रयोग हुने गर्दछ ।
बागचौर नगरपालिका-४ मा रहेको शिबरथ स्वास्थ्य चौकीका निमित्त इञ्चार्ज मिश्रा पुनले स्वास्थ्य चौकीमा औषधि नभएको स्बताइन् । अहिले स्वास्थ्यचौकीमा आइरन चक्की, पिल्सलगायतका अत्यावश्यक औषधि नभएको उनले बताइन् । उनले भनिन्-'यहाँ औषधि नभएको लामो समय भयो । बिरामीहरू यहाँ आउनु हुन्छ । औषधि छैन भनेर पठाउँछु ।'
'औषधि मागको लागि नगरपालिका र अस्पतालमा माग फारम भरेर पठाएको करिब २ महिना हुन थाल्यो तर अहिलेसम्म औषधि पठाएका छैनन् ।'-उनले भनिन् ।
जिल्ला अस्पताल सल्यानका स्टोर किपर महादेव कसाईले जिल्लाबाट वितरण गरिने औषधि नगरपालिकामा पठाइसकेको बताए । 'हामीले नगरपालिकामा आइरन चक्की, पिल्सलगायतका औषधि पठाई सकेकाछौँ ।'-उनले भने-'नगरपालिकाले अहिलेसम्म औषधि स्वास्थ्य चौकीहरूमा पठाइसक्नु पर्ने हो ।'
यसैबिच बागचौर नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक एकराज केसीले बागचौर नगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव नभएको बताए । 'हामीले जिल्ला स्वास्थ्यले पठाएको औषधि सबै स्वास्थ्य संस्थाहरूमा पठाएका छौँ । औषधिको अभाव नहुनु पर्ने हो ।'- उनले भने ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…