अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले विस्तृत शान्ति सम्झौतापश्चात् अनमिनको प्रमाणीकरणमा अयोग्य भएका लडाकुलाई दुई लाखका दरले रकम बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अयोग्य लडाकुलाई दुई लाखका दरले रकम बाँड्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा ०८० जेठ २ गते सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै उक्त आदेश जारी गरेको हो ।
आरणले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश रेग्मीको इजलासले अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि जेठ ८ गते रिट निवेदक र सरकारी पक्षलाई समेत सुनुवाइमा बोलाएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि एक अर्ब ४० लाख रुपियाँ विनियोजन गरेको थियो ।
मन्त्रिपरिषद्को ०७९ चैत ६ गते बसेको बैठकले बजेटमा विनियोजित सोही स्रोतबाट अयोग्य भनिएका लडाकुहरूलाई दुई/दुई लाखका दरले रकम वितरण गर्नें निर्णय गरेको थियो ।
मन्त्रीपरिषद्को निर्णय अनुसार रकम वितरण गर्न गृह मन्त्रालयले ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरिसकेको थियो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…