सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार
सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा गिरफ्तारीमा परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुस २३ गते चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
आदेशमा भनिएको छ-'चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।'
जिल्ला अदालतको ०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए । सो अदालतको ०७४ चैत २२ गतेको आदेशविरुद्ध ०७५ असार ५ गते सर्वोच्च अदालतमा उनले मुद्दा दर्ता गराएका थिए ।
चौधरीलाई ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपित मानिएको छ ।
सो घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट विजयी भएका थिए । चौधरीले यही पुस १९ गते सभामुख कृष्णबहादुर महराबाट सांसद पदको शपथसमेत लिइसकेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…