सर्वोच्चको न्यायाधीश पदमा केसी र भण्डारीको नाम अनुमोदन
व्यवस्थापिका संसद्को सुनुवाइ समितिको माघ १७ गते बसेको बैठकले मुख्य न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन गरेको छ ।
न्यापरिषद्को पुस १८ गतेको बैठकले न्यायाधीश केसी र भण्डारीलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गर्दै सुनुवाइका लागि संसद सचिवालयमा पठाएको थियो । संसदीय सुनुवाइको क्रममा दुवै न्यायाधीशले न्यायलयमा हुने गरेका विकृति निराकरण गर्दै न्याय सम्पादनलाई दु्रत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसद सचिवालयबाट अनुमोदित भएकालाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । अनुमोदित भएका केसी विराटनगर र भण्डारी पोखरा उच्च अदालतको मुख्य न्यायाधीशका रूपमा कार्यरत छन् । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था छ । केसी र भण्डारीको नियुक्ति पछि सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २० जना न्यायाधीश पुग्ने छन् ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…