'सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न पाएनन्'-आयोग
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले देशमा ठूला राजनीतिक परिवर्तन भएपनि सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न नपाएको बताएका छन् । उनले मानव अधिकार संरक्षणका नाममा करोडौँ रुपियाँ खर्च गरेपनि अधिकार हनन्का घटनामा पूर्ण रूपले कमी आउन नसकेको बताए ।
आयोगले मङ्सिर २० गते इलाममा आयोजना गरेको आप्रवासी कामदारको अवस्था विषयक अन्तरक्रियामा रावलले बेरोजगार भएका कारणले गाउँघरबाट युवाहरू विदेशिनुपर्ने समस्या रहेको र विदेशमा पनि उनीहरू समस्यामा पर्ने गरेको बताए ।
'भौतिक संरचना र विकास निर्माणका साथै समाजमा एकअर्कामा सकारात्मक व्यवहार गर्दै मानव अधिकारमुखी कार्यक्रम गर्दा समाजको विकास छिटो हुन सक्छ ।'-रावलले भने-'मानव अधिकार उल्लङ्घनका घटना हुने कारण नै सार्वजनिक जवाफदेहिता कार्यान्वयन नगर्नु हो ।'
कार्यक्रमका सहभागीले सार्वजनिक सवारी साधनमा यात्रा गर्दासमेत महिला र अन्य यात्रुमाथि अशोभनीय र निन्दनीय व्यवहार भइरहेको बताए । श्रमिकको संस्था जिफन्टका प्रतिनिधि नारायणप्रसाद अधिकारीले इलाम भित्रै रहेका श्रमिकहरूको अधिकारको विषयमा कसैले सरकारले नसोचेको गुनासो गरे । अहिले इलाममा भएका सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले नेपाल सरकारले तोकेको दैनिक ज्याला पनि नपाएको अधिकारीले जानकारी दिए ।
कार्यक्रममा उनीहरूले नगरपालिकाको खानेपानी प्रदूषित भएको, थोरै पानी दिएर धेरै रकम तिर्नुपरेको तर नगरपालिकाले त्यसको सुनुवाइ नगरेको, वैदेशिक रोजगारीपछि समाजमा आएको विकृति विकराल बनिरहेकोलगायतका समस्या सहभागीले राखेका थिए । कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख र प्रतिनिधि, नागरिक समाजका अगुवा, आप्रवासी मजदुरहरूलगायतको सहभागिता थियो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…