सर्वसाधारणलाई कुटेको आरोपमा दुई जना प्रहरी जवान निलम्बित
सामान्य भनाभन हुँदा गल्कोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरेको आरोप लागेका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले निलम्बन गरेको जनाएको छ ।
गत पुस २९ गते इलाका प्रहरी कार्यालय, हरिचौरमा कार्यरत प्रहरी जवानद्वय ३५ वर्षीय प्रेमसिंह विष्ट र ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि विभागीय कारवाही अनुरूप दुवैजनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी दिपक रेग्मीले बताए ।
ड्युटीमा खटिएका प्रहरीले सर्वसाधारणको सुरक्षा गर्नुपर्ने ठाउँमा सामान्य विषयमा बल प्रयोग गरेको पाइएपछि माघ ७ गते विभागीय कारवाही अनुसार उनीरूलाई निलम्बन गरिएको रेग्मीले बताए ।
हाल दुवै प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय, हरिचौरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समेत एसपी रेग्मीले जानकारी दिए ।
कुटपिटबाट गम्भीर घाइते भएका बस्नेतको उपचार पुस ३० गतेबाट पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको छ । बस्नेतको उपचार खर्च कुटपिटमा संलग्न प्रहरी जवानद्वयले भरिरहेको एसपी रेग्मीले बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…