सर्वसाधारणको जग्गा नेकपाद्वारा कब्जा गरेको घोषणा
बन्दिपुर गाउँपालिका-१ बस्ने ऋषिराम अधिकारीको सोही ठाउँमा रहेको १२ रोपनी जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले पुस ९ गते बिहान कब्जा गरेको घोषणा गरेका छन् ।
नेकपा तनहुँको जिल्ला जनपरिषद्ले अधिकारीको जग्गामा पार्टीको झण्डासहित ब्यानर राखेर जग्गा कब्जाको घोषणा गरेको हो ।
यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पार्इँदैन अन्यथा जनपरिषद्ले कडा कारवाही गर्नेछ भन्ने ब्यानर राखी जग्गा कब्जाको घोषणा गरिएको पीडित अधिकारीले बताए ।
जिल्ला जनपरिषद् तनहुँका प्रमुख तथा नेकपाका जिल्ला सेक्रेटरी पुर्णजित पुनले सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व जनपरिषद्को भएको हुँदा सार्वजानिक जग्गा संरक्षणको पहल गरेको बताए ।
उनले सार्वजानिक जग्गा अतिक्रमण गर्नेविरूद्ध जनपरिषद्ले आवश्यक कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
जनपरिषद्ले जग्गा कब्जाको घोषणा गरी झण्डा र ब्यानर टाँगेर गएपनि दिउँसो प्रहरीले सो झण्डा र ब्यानर हटाएको छ ।
सर्वसाधारणको जग्गा कब्जा गर्नु गैरकानुनी कार्य भएको हुँदा प्रहरीले त्यस्तो कार्यमा रोक लगाउने जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले बताए ।
पीडित अधिकारीले आफुले सार्वजनिक जग्गा अतिक्रमण गरेको नभई सो जग्गा आफ्नो पुख्र्यौली भएको बताए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…