सर्वदलीय बैठकमा तीन बुँदे सहमतिपछि मतगणना सुरु

  २०८० वैशाख ११

चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकमा तीन बुँदे सहमतिपछि अपराह्न २ बजेबाट मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख ११ गते बिहान १० बजे बसेको बैठकले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरी निर्वाचन आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दहरूको विषयमा आवश्यक कारबाही गर्ने र मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने लगाएतका निर्णय भएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मतदानको दिनमा समेत निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १० गते उजुरी दिनु भएको थियो ।

Photo_080-1-11_Chitwan


दिपेन्द्र अधिकारी